मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनएको प्रवक्तामा डिबी क्षेत्री मनोनित

बुधबार, कार्तिक २० २०७६

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा डिबी क्षेत्री मनोनित भएका छन् । बुधबार बसेकोे एनआरएनए आईसिसिको बैठकले प्रवक्तामा क्षेत्रीलाई मनोनयन गर्ने निर्णय गरेको हो । भर्खरै सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनमा भएको अधिबेशनमा महासचिब पदका दाबेदार रहेका क्षेत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिई कुमार पन्त समुहलाई समर्थन गरेका थिए । पन्त समूहले क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने पूर्व सहमतिअनुसार क्षेत्रीलाई प्रबक्तामा मनोनयन गरेको बताइएको छ ।
एनआरएनए मध्यपूर्वमा सक्रिय रहेका क्षेत्री मजदुरमैत्री एनआरएनए अभियन्ताको रुपमा चिनिदैं आएका छन् । एनआरएनएका निवर्तमान सचिब रहेका क्षेत्री बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने पहिलो एनआरएन अभियन्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी सञ्चय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार