आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कास्की-२ मा काँग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनायो

बुधबार, कार्तिक २० २०७६

काठमाडौँ । नेपाली काँग्रेसले कास्की-२ को उपनिर्वाचनमा लड्ने उम्मेदरवारको टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि सर्वाधिक चर्चामा रहेको कास्की २ बाट यसअघि केन्द्रीय सदस्य धनराज गुरुङको चर्चा भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता खेमराज पौडेल उम्मेदवार बनेका छन् ।

काँग्रेसको कास्की जिल्ला समितिले यस अघि पौडेलसहित १६ जनाको नाम सिफारिस गरेर पठाएको थियो ।

यो सँगै अब कास्की-२ बाट प्रमुख ६ दलले आ-आफ्ना उम्मेदवार चयन गरेका छन् ।

कास्की-२ मा नेकपाबाट बिद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादी पार्टीले धर्मराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार