कार्तिक १६ गते शनिवार – मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) गोरखा शाखाको सेवा कार्यको लागि गोरखा सेवा समाज कतार परिवारको रु.२ लाख ५० हजार प्रेम रकम गोरखा सेवा समाज नेपालले आज एक कार्यक्रम माझ आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई स-प्रेम अर्पण गर्नु भएको छ।
गोरखा सेवा समाज नेपालको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशको अवसर पारेर केहि समय अगाडि गोरखा सेवा समाज कतारले कतारमा सकारात्मक सोच एवं स्वस्थ जीवन शैली विषयक १ दिने उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरि उक्त प्रशिक्षण कार्यक्रमबाट संकलन भएको रकम रु.२ लाख ५० हजार सहयोगापेक्षी बेसहारा अभिभावकविहिन सडकमानवहरुमा सेवामा समर्पित मानवसेवा आश्रम गोरखा शाखाको सेवा कार्यलाई स-प्रेम अर्पण गरेको गोरखा सेवा समाज कतारका अध्यक्ष आदरणीय राजेश्वर ढाकालले सबै माझ जानकारी गराउनु भयो।
गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाश बाबु श्रेष्ठज्यूको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिका का प्रमुख एवं मानवसेवा आश्रमका अभिभावक आदरणीय राजन राज पन्तज्यू हुनुहुन्थ्यो।
गोरखा सेवा समाजका पूर्व अध्यक्षज्यूहरु श्रीकृष्ण भट्टराई, सुदर्शन भट्ट, वर्तमान अध्यक्षज्यू, महासचिवज्यू एवं कार्यसमिति सदस्य ज्यूहरु, पत्रकार महासंघ गोरखाका अध्यक्षज्यू लगाएत विशिष्ठ व्यक्तित्वहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
मानवीय सेवाको कार्यको तन मन धनको त्रिवेणीबाट अभिभावकत्व प्रदान गर्नु हुने गोरखा सेवा समाज कतारका संरक्षकज्यू, सल्लाहकार ज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, निवर्तमान आध्यक्ष राकेश श्रेष्ठज्यू, कार्यक्रम संयोजक रामजी खत्रीज्यू लगाएत सम्पूर्ण परिवारमा धेरैधेरै साधुवाद एवं सुख शान्ति प्रगति सु – स्वास्थ्य दीर्घायुको लागि भगवान सँग धेरैधेरै प्रार्थना गरिएकाे थियाे ।
मानवीय सेवामा सहकार्यको लागि :
Manavsewa Ashram Gorkha Branch :
– 064420694, 9843347612, 9843347613

