बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सिराहामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

शुक्रबार, कार्तिक ८ २०७६

आलोक यादव सिरहा कार्तिक – समुदाय–प्रहरी साझेदारी अन्तरगत जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले नेपालले सामाजमा देखिने अपराधिक क्रियाकलाप तथा अन्य समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै समुदायको साथ र सहयोगको लागि जिल्ला प्रशासन कार्यालय सदैव तत्पर रहेको बाताए। प्रहरीसंग १ (एक) दिन” कार्यक्रम आयोजना गरेको थियो। स्थानिय श्री शिद्धार्थ शिशु निकेतन बोर्डिंङ स्कूल सिरहा नगरपालिका .१ बाट शिक्षक, अभिभावक तथा कक्षा ९ र १० का विद्यार्थीहरु समेत गरी अं.३७ जनाको संख्यामा जिल्ला प्रहरी कार्यालयका सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी संग भेटघाट तथा प्रहरीको काम कारबाही सम्बन्धमा प्रस्तुतिकरण गराई प्रहरी कार्यालय भवनको अवलोकन, नागरिक सहयता कक्ष, प्रहरी परिचालन कक्ष(१०० को प्रयोग), अपराध अनुसन्धान कार्य, महिला तथा वालवालिका सेवा केन्द्र, प्रहरी गस्ती (पैदल, भ्यान), समुदाय–प्रहरी साझेदारी अन्तरगत विद्यालय केन्द्रित कार्यक्रम, ट्राफिक व्यवस्थापन, अन्य आकस्मिक सेवा प्रतिकार्य सम्बन्धमा अवलोकन गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले प्रहरीको काम कर्तव्य तथा नागरिक सुरक्षामा प्रहरी सेवाको महत्वको बारेमा आफ्नो मन्तव्य तथा प्र.नि.शेषकराम थान्दारबाट महिला तथा वालवालिका सम्बन्धि अपराध, लागु औषध दुर्व्यशन, सडक शुरक्षा तथा अपराध न्युनिकरणका उपायहरु विषयकमास प्रस्तुतिकरण र भिडियो प्रदर्शन गर्नुका साथै कार्यालय प्रमुखबाट प्रमाण-पत्र समेत वितरण गर्नु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार