बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एक्सनमा डिएसपी रिजाल तस्करको गोदाममा छापा, १२ लाख भन्दा बढीको सामान बरामद

आइतबार, कार्तिक ३ २०७६

आलोक यादव सिराहा कार्तिक – प्रहरीले सिराहाको भगवानपुर गाउँपालिका–४ स्थित ठाडिमा रहेको बलि कामैत र गोपाल कामैतको घरमा आज छापा हान्यो। तस्कले भन्सार छलेर अवैध रुपमा सामानहरु भण्डार गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि बिहान नै प्रहरी उक्त स्थानमा पुगेको थियो । सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर. ४ स्थित ठाडिमा रहेको दुई गोदाममा छापा मारी प्रहरीले १२ लाख ३६ हजार ५ सय ५८ मुल्य बराबरको सामान बरामद गरेको हो। ईलाका प्रहरी कार्यालय लाहानका डीएसपी भेषराज रिजालको कमाण्डमा खटिएको टोलीले आज सो मूल्य बराबरको लत्ता कपडा, मेसेनरी पार्टपुर्जा, जुत्ता, खाद्यय सामान लगायतका सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानको टोलीले भन्सार छली ल्याएको मालसामान बरामद गरेको डीएसपी रिजालले जानकारी दिए । विशेष सूचनाको आधारमा तस्करहरूको गोदाममा छापा मारिएको जानकारी दिँदै लहान प्रमुख डीएसपी रिजालले भन्सार चोरी तस्करीविरुद्ध शून्य सहनशीलता अपनाएको समेत बताए । अहिले बोर्डरको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ ठाढीका राम कुमार यादवले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’ठाडिमा पहिलो पटक प्रहरीले छापा मारेको समेत यादवले भने । कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार