काठमाडौँ (जस)– गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले विजय पछी उनले कठोर प्रतिबद्धता गरेका छन । नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि वार्षिक १० अर्ब लगानी भित्र्याउन पहल गर्ने र संघलाई राजनीतिक मुक्त बनाउने अठोट उनले गरेको हो ।
निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने, दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने, एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने, एनआरएनएका सदस्यहरुको हितका लागि ‘ काम गर्ने पन्तले बताए । त्यसैगरी श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ।
कुमार पन्तले ११८१ मत प्राप्त गरेर अध्यक्षमा विजय भएको हो ।