मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरनएको अध्यक्षमा कुमार पन्त निर्वाचित, अरु कस–कसको पोल्टामा पर्यो जीतको खुशीयाली (फोटोफिचर)

महासचिवमा डा. शर्मा तथा सचिवमा अमेरिकाका जोशी र कतारका शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल बिजयी

शुक्रबार, कार्तिक १ २०७६

काठमाडौं, १ कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) नवौं विश्व सम्मेलनको निर्वाचनले अध्यक्षमा कुमार पन्तलाई निर्वाचित गरेको छ । विहिबार सम्पन्न संघको निर्वाचनको मत परिणाम अनुसार उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ र महिला उपाध्यक्षमा रबिना थापा बिजयी भएकी छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् । मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि थिए । तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई पछाडि पारे ।

त्यसैगरी महासचिवमा डा. हेमराज शर्मा तथा सचिवमा अमेरिकाका गौरी जोशी र कतारका आरके शर्मा विजयी भएका छन् भने कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी संघको महिला संयोजकमा भोमा लिम्बु निर्वाचित भएकी छन् । पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना शुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

निर्वाचनले अध्यक्षमा जर्मनीका कुमार पन्तलाई १२७० मतसहित निर्वाचित गरेको हो । साथै पन्तका प्रतिश्पर्धी बेलायतका कुल आचार्यले १०७० मत ल्याएका थिए । आचार्य भन्दा पन्तले एक सय ४७ मत बढी हासिल गरेका हुन् ।

त्यसैगरी उपाध्यक्षमा डा. बद्री केसी ११७३, अर्जुन कुमार श्रेष्ठ १०२६, मन केसी ९६१ र सोनाम लामाले ८१३ मत प्राप्त गरेका थिए भने सबै भन्दा बढी मत महिला उपाध्यक्षमा रबिना थापाले ल्याएकी छन् । उनले १२३२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिश्प्रर्धी सपिला राज भण्डारीले ८६३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी महासचिवमा बेलायतका डा. हेमराज शर्माले ११३९ मत ल्याएर विजयी भएका छन् भने बेल्जियमकी जानकी गुरुङले १०५३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सचिवमा गौरी जोशीले ९१६ र आरके शर्माले ८६८ मत ल्याएर विजयी भएका छन् । साथै सचिवका अन्य उम्मेदवार बेल्जियमका शिव कुमार बरुवालले ५७९, अष्ट्रेलियाका अभिमान सिंह बस्नेतले ४९९, बेलायतकी शुष्मा लिम्बुले ४४१, दीपक प्रसाद ओलीले २७० र विनय अधिकारीले २६८ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा महेश कुमार श्रेष्ठले १६५३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रर्धी सुदन थापाले ५४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहकोषाध्यक्षमा बेल्जियमका लोक दाहालले ११८४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रर्धी रसियाका गोविन्द गौतमले ८५२ मत प्राप्त् गरेका छन् ।

त्यसैगरी महिला संयोजकमा अष्ट्रेलियाकी भोमा देबी लिम्बुले ७०२ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिश्पर्धी बेलायतकी संगीता मरहठ्ठाले ६५२, कोरियाकी जुनु गुरुङले ४०७, क्यानडाकी प्रमिला खड्का बस्नेतले ३७४ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै युवा संयोजकमा नेदरल्याण्डका हिमाल गुरुङले ७६८ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिश्प्रधी युएईका सुदीप कार्कीले ६५५ मत प्राप्त गरेका गरेका थिए भने अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाहले ७३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी मध्यपूर्व संयोजकमा प्रविण गुरुङ र उपसंयोजकमा मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ निर्विरोधि निर्वाचित भएका छन् । साथै क्षेत्रिय महिला संयोजकमा सुमित्रा देवी पौडेल निर्विरोध भएकी छन् भने क्षेत्रिय युवासंयोजकमा राजु रेग्मी चयन भएका छन् ।

एसिया प्रशान्त क्षेत्रिय संयोजकमा जापानका गोबिन्द प्रसाद श्रेष्ठ (रोबिन्द) ले २१७ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी अजिब गुरुङ (ओम) ले १९५ र कोरियाबाट केपी सिटौला (कृष्ण प्रसाद) ले २१ मत प्र्राप्त गरेका छन् । साथै उपसंयोजकमा मलेसियाका खगेन्द्र न्यौपानले १९८ र जापानका पारसमणि पोखरेलले १९५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनीहरुका प्रतिद्धन्द्धी बिनोद कुँवरले १५२ र टंक प्रसाद गैरेले १३७ मत प्राप्त गरेका छन् । साथै एसिया प्यासेफिक महिला संयोजकमा अमृता थापा (कन्चन) र युवा संयोजकमा दीपक प्रसाद कंडेल निर्विरोध निर्वाचित भएका छन् ।

संघको अमेरिकाज् क्षेत्रिय संयोजकमा १५४ मत ल्याएर राजन त्रिपाठी विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी डा. बिनोद शाहले १०१ मत प्राप्त गरेका छन् । साथैउपसंयोजकमा रामसी पोखरेलले १५० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी अभिमन्यु बस्नेतले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा १४४ मतसहित विजयी भएकी छन् भने राधा कुमारी पौडेलले १०७ मत प्राप्त गरेकी छन् । साथै युवा संयोजकमा बिमला सापकोटा निर्विरोध भएकी छन् ।

यसैगरी अफ्रिका संयोजकमा उम्मेदवारी नपरेकोले संयोजकमा रोशन थापा र महिला संयोजकमा मन थापालाई निर्विरोध निर्वाचित गरिएको छ ।

त्यस्तै संघको ओसेनिया संयोजकमा होम नाथ पाण्डेले १०५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी दिनेश राज जोशीले १०२ मत प्राप्त गरेका थिए । साथै उपसंयोजकमा नविन कंडेलले १०७ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी हरी राम्जालीले १०० मत प्राप्त गरेका थिए । त्यस्तै ओसेनिया महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्विरोध भएकी छन् ।

त्यस्तै, युरोप संयोजकमा नेदरल्याण्डबाट नारायण आचार्य २७४ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी जर्मनीका सन्तोष कुमार भट्टराईले २७१, बेल्जियमका पदम गुरुङले १९४ र बेल्जियमका गंगाधर गौतमले ११२ मत प्राप्त गरेका थिए । साथै उपसंयोजकहरुमा स्पेनका मुक्त गुरुङले ३७९ मत, कृष्ण प्रसाद तिमल्सिनाले ३५७, आयरल्याण्डबाट शुक्र न्यौपानेले २८३ मत र स्पेनका मुक्त गुरुङले ३६९ मत प्राप्त गरेर बिजयी भएका छन् । साथै उनीहरुका प्रतिद्धन्द्धीे बालकृष्ण श्रेष्ठले २०७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार