मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अमेरिकाज आरसीमा राजन त्रिपाठी र डिआरसीमा रामसी पोखरेल बिजयी, को–को छन् मुख्य पदमा अगाडि?

शुक्रबार, कार्तिक १ २०७६

काठमाडौँ (जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) को विहिबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ । मत परिणाम अनुसार अमेरिकाज आरसीमा राजन त्रिपाठी र डिआरसीमा रामसी पोखरेल बिजय भएका छन् । बिहिबार बिहान १० बजेदेखि सुरु भएको निर्वाचन बेलुका मात्र सम्पन्न भएको थियो । मत परिणाम राति नै आउने बताइए पनि शुक्रबार बिहानसम्म मत परिणाम पूर्ण रुपमा आउन सकेको छैन ।

पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त, महासचिवमा जानकी गुरुङ, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सह कोषाध्यक्षमा लोकप्रसाद दाहाल अगाड छन् । यस्तै सचिवमा भने आरके शर्मा र शिवकुमार बरुवालबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार