आलोक यादव
सिराहा असोज – सिराहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ । भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । सिरहाको भगवानपुर गाउँपालिका वडा नं.५ मरिक टोल स्थित प्रहरी चौकी भगवानपुर बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको साडी , बच्चाको कपडा १५ पोकाको करिब ७० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको छ । त्यसैगरि भगवानपुर गाउँपालिका वडा नम्बर .३ ठाडि चोक स्थित प्रहरी चौकी ठाडि बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको कपडा १ पोकाको करिब १५ हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
बरीयारपट्टी गाउँपालिका वाड नं। ५ कजरा स्थित प्रहरी चौकी जानकिनगरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको किराना सामान अन्दाजी ५ हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । यस्तै सखुवानान्कारकट्टि गाउँपालिका वाड नं।. ५ स्थित ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको किराना सामान अन्दाजी ९ हजार मुल्य बराबरको सामान, लहान नगरपालिका वाड नं। १९ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा अन्दाजी १६ हजार ८ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको छ ।
सिरहा नगरपालिका वाड नं. ६ बसभिट्टा स्थित वडा प्रहरी कार्यालय ९ख० बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको रेडिमेड कपडा अन्दाजी १८ हजार ९ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडरमा बुझाएको छ ।
लक्ष्मिपुरपतारी गाउँपालिका वाड नं। ६ मौवाही स्थित प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले द्यच् घद्दी टडटण् नम्बरको मोटसाइकल लाई चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको हार्डवयरको सामानहरु अन्दाजी १६ हजार ५ सय मुल्य र मोटरसाइकल ५० हजार मुल्य गरी जम्मा ६६ हजार ५ सय मुल्य बराबरको सामान र मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको छ ।

बरीयारपट्टी गाउँपालिका वाड नं. १ बडहरी स्थित प्रहरी चौकी कचनारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको साडी २० थान अन्दाजी १४ हजार हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको छ ।
सिरहा नगरपालिका वाड नं. ११ भलुवाही स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको टोलीले बा।२६प।८२२७ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा देश भारत मधुवनी जिल्ला थाना जयनगर ग्राम पंचायत वाजो पट्टी ६ बस्ने बर्ष २३ को पंकज यादव ले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको राजनिबास ७५ प्याकेट अन्दाजी ११ हजार मुल्य र मोटरसाइकलको मुल्य २५ हजार गरी जम्मा ३६ हजार मुल्य बराबरको सामान, मोटरसाइकल र मानिसलाई पक्राउ गरी भन्सार कार्यालय माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराले जानकारी दिए ।
‘अहिले बोर्डरको दृश्य देख्दा पत्यार लाग्दैन, यहाँ सुशासनको राज फर्किएको छ,’ ठाढीका सन्तोष साहले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम ठ्यापै रोकिएको छ ।’
भन्सार छलीका समानको राजश्व जम्मा रकम २ लाख ५१ हजार २ सय बरावरको राजश्व संकलन भएको छ । सिरहा प्रहरी प्रमुख९एसपी० उमाप्रसाद चतुर्वेदीका अनुसार ४ महिनामा प्रहरीले करिब २ करोड बराबरको सामान पक्राउ गरि भन्सारमा बुझाइसकेको छ । कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ ।