बिहिबार, असोज ३० २०७६
काठमाडौं(जस)–नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तगर्त बुधबार साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । विद्युतीय मतदान सुरु भएको केहि समयमै प्राविधिक समस्या आएपछि बिहिबार विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।
सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन्् । सङ्घका प्रमुख निर्वाचन आयुक्त रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन्् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छ्न् ।
४२ पदमध्ये १३ पदमा निर्विरोध
एनआरएनए आइसीसीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने ४२ पदमध्ये १३ पद निर्विरोध भएका छन् भने दुई पदमा कसैको पनि उम्मेद्वारी परेको छैन । बाँकी २७ पदका लागि ६१ उम्मेदवार चुनावी मैदानमा छन् । अधिकांश उम्मेदवार दुई प्यानलमा समेटिए पनि समेटिन बाँकी केही स्वतन्त्र उम्मेदवारका रूपमा पनि रहेका छन् । निर्वाचन समितिले जनाएअनुसार अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच सिधा प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये आचार्य नेपाली कांग्रेस निकट हुन् र उनले प्रजातन्त्रवादीका नाममा छुट्टै समुह बनाएका छन्् । कुमार पन्त नेकपा निकट मानिन्छन् र उनले कांग्रेसीसमेत समेटेर समावेसी समुह बनाएका छन् । उपाध्यक्ष ४ पदका लागि नौ उम्मेदवार मैदानमा रहृेका छन् । आचार्य समूहमा मन केसी, नरेन्द्र भाट, केशव पौडेल रहेका छन् भने पन्त समूहबाट डा। बद्री केसी, सोनाम लामा, हिक्मत थापा र धर्मराज अधिकारी रहेको बताइएको छ । तर, कसैले हिक्मत थापाको नाम हटाएर अर्जुन श्रेष्ठको नाम पनि राखेको पाइन्छ । महिला उपाध्यमा आचार्य समूहकी रविना थापा र पन्त समुहकी सपिला राजभण्डारी आम्नेसाम्ने हुदैछन् ।
यसैगरी महासचिव आचार्य समुहका जानकारी गुरूङ र पन्त समूहका डा हेमराज शर्माबीच ठाडो भिडन्त हुने भएको छ । त्यसैगरी दुई सचिव पदका लागि ७ जना उम्मेदवार रहेका छन् । आचार्य समूहबाट रहेका छन् भने पन्त समुहबाट आर के शर्मा र गौरीराज जोशी रहेको बताइन्छ । पन्त समुहका महेश श्रेष्ठ र आचार्य समूहका सुदन थापाबीच कोषाध्यक्षमा सिधा टक्कर हुनेछ भने सह कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र लोकप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु, जुनु गुरू र संगीता मरहट्टा उम्मेदवार छन् । अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध भएका छन् । तर, त्यही क्षेत्रको क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।
एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा आविज गुरुङ (ओम), गोविन्द श्रेष्ठ (रोविन्द) र केपी सिटौला (कृष्णप्रसाद) बीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी उपसंयोजकमा विनोद कुँवर, खगेन्द्र न्यौपाने, पारसमणि पोखरेल र टंकप्रसाद गैरे आम्नसाम्ने भएका छन् । यस क्षेत्रको युवा संयोजकमा दीपकप्रसाद कँडेल र महिला संयोजकमा अमृता थापा निर्विरोध भएका छन् ।
अमेरिकाजको क्षेत्रीय संयोजकमा राजन त्रिपाठी र डा विनोदप्रसाद शाह, उपसंयोजकमा राम सी पोखरेल र अभिमन्यू बस्नेतबीच सिधा प्रतिष्पर्धा हुने भएको छ । यसैगरी महिला संयोजकमा राधाकुमारी पौडेल र उमा कार्की थापा आम्नेसाम्ने भएका छन् । क्षेत्रीय युवा संयोजकमा भने विमला सापकोटा निर्विरोध भएकी छिन् । मध्यपूर्व क्षेत्रबाट भने सबै निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेहरूमा क्षेत्रीय संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ, महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राज रेग्मी रहेका छन् । ओसेनिया क्षेत्रको संयोजकमा दिनेशराज जोशी र होमनाथ पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ भने उपसंयोजकमा हरि राम्जाली र नवीन कँडेल आम्नेसाम्ने हुदैछन् । यस क्षेत्रको युवा संयोजकमा राजकुमार थपिलया र महिला संयोजकमा जानकी पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी युरोप क्षेत्रको क्षेत्रीय संयोजकमा गंगाधर गौतम, नारायणप्रसाद आचार्य, पदम गुरुङ र सन्तोषकुमार भट्टराई प्रतिस्पर्धामा छन् । तीन उपसंयोजकका लागि बालकृष्ण श्रेष्ठ, कृष्णप्रसाद तिमल्सिना, कुमार पण्डित, मुक्तबहादुर गुरुङ, नवराज रोस्यारा, शुक्रराज न्यौपाने र सुरेन्द्र प्रधानको चुनावी प्रतिस्पर्धामा छन् । यही क्षेत्रको युवा संयोजकमा जयकृष्ण ठाकुर र महिला संयोजकमा कुमारी योगिता थापा निर्विरोध चयन भैसकेका छन् ।
मत दिनका लागि कुनै एउटा परिचयपत्र चाहिने बताइएको छ । विवाद आएमा परिचयपत्र आवश्यक पर्छ । ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा कुनै एउटा परिचयपत्र भए पुने एनआरएन महासचिव डा बद्री केसीले बताए । ड्राइभिङ लाइसेन्स, पासपोर्ट नभए पनि पुग्छ । कतै मतदातामाथि दाबी विरोध परे आईडी चाहिन्छ । निर्वाचनमा विभिन्न देशबाट २६ सय ६५ ले मतदान गर्दैछन् । काठमाडौँमा जारी सम्मेलन विदेशमा बस्ने नेपालीका मुद्दामा कम र चुनावी चहलपहलमा बढी केन्द्रित भएको छ । सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।
मध्यपूर्वमा संयोजकमा गुरुङ, सहसंयोजकमा गोर्खाली र अर्याल निर्विरोध
पछिल्लो समय नेतृत्वका लागि निकै रस्साकसी चलेको एनआरएएन मध्यपूर्वमा अन्ततः सहमतिसँगै उदाहरणीय रुपमा निर्विरोध नेतृत्व चयन भएको छ । बुधबार नवौँ विश्व सम्मेलन अन्तगर्त नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी मनोनयन अगाडि भएको सहमति अनुसार मध्यपूर्व संयोजकमा प्रवीन गुरुङ, सहसंयोजकमा मनोज गोर्खाली र राजेन्द्रकुमार अर्याल (जोन) निर्विरोध निर्वाचित भएका हुन् ।

अहिले सम्मेलनस्थलमा मध्यपूर्वको नारा जुलुस चलिरहेको छ । मध्यपूर्वले उदाहरण पेश गरेको भन्दै अन्य क्षेत्रका प्रतिनिधीहरुसमेतले मध्यपूर्वको प्रशंशा गरेका छन् । एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा युवा व्यवसायी प्रविन गुरुङले एनआरएनएन विशुद्ध सामाजिक संस्था भएको तथा सेवाको भावले एनआरएएनमा लागेका कारण सहमतिमै नेतृत्व छानेर आफुहरुले उदाहरण पेश गरेको बताए । सहसंयोजकमा मनोज गोर्खाली र राजेन्द्रकुमार अर्याल (जोन) निर्विरोध निर्वाचित भएसँगै जनसवाललाई प्रतिक्रिया दिदैं मध्यपूर्वबाट सबैले सिकेर अघि बढे एनआरएनएको मूल लक्ष्य र मर्ममा सघाउ पुग्ने बताए ।

कोषाध्यक्षमा श्रेष्ठलाई समर्थन गर्दै सोम सापकोटाद्धारा उम्मेदवारी फिर्ता
यस्तै कोषाध्यक्ष पदका दाबेदार सोमप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सापकोटाले कोषाध्यक्ष पदका अर्का दाबेदार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदावरी फिर्ता लिएको जनाएका छन् । यससँगै कोषाध्यक्षमा श्रेष्ठको दाबेदारी थप बलियो बनेकाृे छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन । बिहीबारसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij