बुधबार, असोज २९ २०७६
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको बलियो दाबेदारी
काठमाडौं । गैरआवासीय नेपाली संघको महाधिबेशन एवम् विश्व सम्मेलन यही अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँको होटल हायातमा हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । यस अधिवेशनमा आगामी कार्यकालको लागि अष्ट्रेलियामा बसोबास गर्ने समाजसेवी धर्मराज अधिकारीले उम्मेदवारी दिएका छन् । नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा त्यहीँबाट समर्पित भएर लागेका हुन् । अस्ट्रेलियाबाटै यस अभियानमा पाइला सारेका उनले चुनावी अभियानको क्रममा विभिन्न देशमा गएर माहौल बनाएका छन् । विभिन्न देशमा रहेका नेपालीका सुख दुखसँग साक्षात्कार रहनुभएका अधिकारी समाजसेवी पनि हुन् ।
अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण बनाउने देखि दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अघि सारेका छन् ।
यस्ता छन्, अधिकारीका प्रतिबद्धताहरु
१. समावेशी र सुदृढ संगठन
२. सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारी
३. नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन
४. विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण
५. समृद्ध नेपालका लागि गैर आवासीय नेपालीको सामूहिक लगानी
६. नेपाली नागरिकताको निरन्तरता
७. विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार
एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा आफूले सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाई छ । एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको कुरा पनि उल्लेख गर्दै उपाध्यक्षका रुपमा विगतमा जस्तै सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरेका छन् ।
सात बूँदे घोषणापत्रसहित उपाध्यक्षमा महासचिव बद्री केसीद्वारा उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९–२०२१ कार्यकालका लागि उपाध्यक्षका आकांक्षी बनेका वर्तमान महासचिव बद्री केसीले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । महासचिव केसीले ७ बुँदे घोषणापत्र सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । केसीले उम्मेदवारी घोषणा गर्दै गैर आबासीय नेपाली संघको स्थापनाकाल देखिनै यस संघको विभिन्न पदहरुमा कार्यरत रही छैठौं विश्व सम्मेलनबाट कोषाध्यक्ष र सातौं तथा आठौं विश्वसम्मेलनबाट महासचिवमा यहाँहरुले सुम्पनुभएको जिम्मेवारी अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सफलतापूर्वक निर्वाह गर्न सकेकोमा आफु गौरवान्वित रहेको उल्लेख गरेका छन् ।
गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने आफ््नो दृढ विचार रहेको उल्लेख गर्दै केसीले अबको यात्रा संघको माथिल्लो नेतृत्व उपाध्यक्ष तिर लम्केको उल्लेख गरेका छन् । केसीले नेपाल भन्दा बाहिरको नेपाल, ५० लाख भन्दा बढी नेपाली हरुको नेतृत्व गर्ने, यो गौरबशालि संस्थालाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउन आफ्ना सात खम्बे सिद्धान्त प्रस्तुत गरेका छन् । ‘कोषाध्यक्ष हुँदा र महासचिव हुँदा केहि साथीहरु रुष्ट बन्नु भएको छ । अन्तत स् मैले गरेको प्रयास व्यक्तिगत स्वार्थको लागि नभई संस्थाको हितको लागि हो। यस प्रयासले संस्थाले द्रूत गति लिएको छ र संस्थागत विकास दिगो बनेको छ’ केसीले भनेका छन् ।
‘गैर आबासीय नेपाली संघको स्थापनाकाल देखिनै यस संघको विभिन्न पदहरुमा कार्यरत रही छैठौं विश्व सम्मेलनबाट कोषाध्यक्ष र सातौं तथा आठौं विश्वसम्मेलनबाट महासचिवमा यहाँहरुले सुम्पनुभएको जिम्मेवारी अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सफलतापूर्वक निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु्र । गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने मेरो दृढ विचार छ्र अबको मेरो यात्रा संघको माथिल्लो नेतृत्व उपाध्यक्ष तिर लम्केको छ्र नेपाल भन्दा बाहिरको नेपाल, ५० लाख भन्दा बढी नेपाली हरुको नेतृत्व गर्ने, यो गौरबशालि संस्थालाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउन मेरो (ठ एष्ििबचक) सात खम्बे सिद्धान्त छ,’ केसीद्धारा जारी विज्ञप्तिमा छ ।
अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षको उम्मेदवार
काठमाडौं । गैरआबासिय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन । सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि सस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष, सन २०११–२०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५(२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन । नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै गरेका छन ।
अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन । गत भूकम्प पछि आफू कार्यरत सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । बिगत दुई कार्यकाल कोषाध्यक्ष रहदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भुकम्प राहतको कोष संकलन, नाकाबन्दीको राहात र बाढी , हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती ,भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।
एनआरएनएलाई संसार भरी रहेका सबै पेशा ,ब्याबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्बा्चित भए पछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने , बिशेषत खाडी , मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बा्चित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्छन ।
मध्यपूर्वको प्रतिनिधित्व गर्दै नरेन्द्र भाटद्धारा उपाध्यक्षमा उम्मेदवारी
गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विश्व सम्मेलन तथा आगामी नेतृत्वका लागि कतारबाट नरेन्द्र भाटले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अभियानमा लागेका पुराना अभियन्ताका रुपमा चिनिने भाटले आगामी कार्यकालका लागि मध्यपूर्वको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन अभियानमा मध्यपूर्वको महत्व रहँदै आएता पनि माथिल्लो तहको नेतृत्वमा पुगेर काम गर्नका लागि सबैको आग्रहलाई स्वीकार्दै भाटले पदमा नै बसेर एनआरएनमार्फत मध्यपूर्वका मुद्धा सामाधान गर्ने बताएका छन् ।
सन् २००२ बाट कतार छिरेर प्रवासी जीवन बिताउन थालेका भाटले एनआरएनए कतारमा रहेर विभिन्न तह र तप्काबाट संस्थामा काम गरिसकेका छन् । उनले २००७ – २००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरेका थिए । भाटको लगनशील र मेहनतलाई मूल्यंकन गर्दै फेरि २००९– ०११ अध्यक्षको कार्यकालको लागि चुनिएका थिए । २०११–०१३ सम्म मध्यपूर्व संयोजकको रुपमा एनआरएनएमा रहेर मध्यपूर्वको हरेक नेपालीहरूको नजिक रहि साँझा समस्याहरूको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भएर अगाडि बढ्न प्रोत्साहन गरे । भाटको कार्य यत्तिमा मात्र सीमित रहेन तत्पश्चात २०१३–०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडि बढाउन र सम्पूर्ण एनआरएनहरूको साँझा मुद्धाहरूमा आफ्नो भूमिका निर्वाह गर्दै पुनः सन २०१५–०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि भूमिका निर्वाह गर्दै संगठनप्रति बफादार भएर सहयोग गरेका थिए । आफ्नो आइसीसी उपाध्यक्षको उम्मेदवारी प्रष्ट पार्दै भाट भन्छन–‘ एनआरएनएमा मध्यपूर्वबाट लगातार १५ बर्षदेखि संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष भवन भट्टसम्म काम गरेको अनुभवले संस्थालाई थप उचाईमा लग्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’संस्थामा पदमा मात्र होइन बाहिर बसेर काम गरेको अनुभव भाटसँग छ । मध्यपूर्व मात्र होइन विश्वमा रहेका एनआरएनहरुले एक पटक नरेन्द्र भाटलाई आइसीसी उपाध्यक्ष बनाउन आतुर छन् ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij