सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

दशैँ सकिएसंगै एनआरएनएको चुनावी सरगर्मी बढ्यो, धर्मराज अधिकारीले दिए उपाध्यक्षमा उम्मेदवारी

शुक्रबार, असोज २४ २०७६

काठमाडौँ – दशैको चटारो सकिएसंगै गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी सरगर्मी बढ्न थालेको छ ।गैरआवासीय नेपाली संघको अध्यक्षको दौडमा कुमार पन्त र कुल आचार्य छन भने अन्य बिभिन्न पदमा कडा प्रतिपर्धा हुने देखिएको छ ।उपाध्यक्ष पदमा यसअघि ओसेनिया क्षेत्रीय संयोजक रहेका धर्मराज अधिकारीले आसन्न निर्वाचनमा संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।प्रवासमा रहेका नेपालीको पक्षमा आवाज उठाउदै आएका र ओसेनिया क्षेत्रीय संयोजक हुँदा निकै उलेख्य काम गरेका अधिकारी एनआरएनए भित्र सफल र कुशल अभियान्ताको रुपमा चिनिने गर्छन ।

एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाबाट उदाएका उनी चुनावी माहोल बनाउदै र विभिन्न देशका नेपालीका दुख बुझ्दै भर्खर मात्र बिश्व भ्रमण सकेका थिए ।अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण बनाउने देखि दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेनका विषयलाई प्रमुअ अजेण्डाको रुपमा अघि सारेका छन् ।गैरआवासीय नेपाली संघको महाधिबेशन आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँको होटल हायातमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार