सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन एनआरएनमय प्रवासी नेपालीका पीडा हटाउने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको अठोट

बिहिबार, असोज २३ २०७६

 

पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताए । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उनले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताए ।दक्षिण पर्वतको हुवासमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।



सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताउँदै उहाँले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । उहाँले प्रवासी नेपालीका पीडामा मलम लगाउन आफूले सक्दो सहयोग गर्ने अठोटसमेत गर्नुभएको थियो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको सङ्गठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्यले प्रवासी नेपालीको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । आचार्यले संसारभरी फैलिएका पर्वतवासीहरुबीच चिनजान, सरसहयोग र सद्भाव बढाउने यस्तो कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सवैलाई धन्यवादसमेत दिनुभयो । कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुमार पन्त , कुल आचार्य , सहकोध्यक्ष सोम सापकोटा , युवा सम्योजक सुदन थापा , एनआरएनए मलेसियाका निबर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने , एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष लोक प्रसाद दाहाल ,  आईसिसि सदस्य महेश कुमार श्रेस्ठ एनआरएनए आईसिसि सदस्य ओम गुरुङ्ग, एनआरएनए एसिया प्याशिफिक पुर्ब सह सम्योजक गोबिन्द श्रेस्ठ , एनआरएनए नेदर्ल्यान्डका निबर्तमान अध्यक्ष मनोहरि शर्मा , एनआरएनए जापानका निबर्तमान अध्यक्ष ताशि लामालगाएत एनआरएनए पदाधिकारिहरुको बाक्लो उपस्थिति रहेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार