सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पासपोर्ट धितो राखी दशै मनाएका नेपालीलाई एनआरएनको सहयोग

बिहिबार, असोज २३ २०७६

रमजान दिन मिया
पासपोर्ट धितो राखेर दशै मनाएका नेपालीहरुलाई एनआरएन अल कासिमले मंगलबार खाद्यान्न सामाग्री सहयोग गरेको छ । सामग्री झण्डै एक महिना अघि अञ्जुलीमा मेनपावरबाट अल फकिह पोल्ट्री कम्पनीका लागि आएका १० जना नेपालीहरुलाई सहयोग गरेको एनआरएन अल कासिमले जानकारी दिए । कम्पनीले सम्झौता अनुसार काम नदिई मजरा खेतीपाती गर्ने ठाउँमा खजुर टिप्न लगाएको पीडित नेपालीहरुको भनाइ छ । खानापीनाका लागि कम्पनीले खर्च समेत नदिएपछि गत एक हप्तादेखि खजुर र पानीको भरमा बस्न बाध्य नेपालीहरुले बडा दशै मनाउन पसलमा पासपोर्ट धितो राखेर २ किलो चामल र दाल ल्याएको बताए । पीडित नेपालीहरुका बारेमा श्रमसहचारी अम्बिका अधिकारीलाई जानकारी गराएको एनआरएन साउदीका उपाध्यक्ष विशाल श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठलेले थपे समस्या समाधान नहुञ्जेलसम्म एनआरएन अल कासिमले दूतावाससँग समन्वय गरिरहन्छ ।पीडितहरुका बारेमा सामाजिक अभियान्ता शरिन ख्युङ्बाले जानकारी दिइएकी हुन्, उपाध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार