थाइल्यान्डमा भएको बाढी प्रकोपमा थाइ–नेपालीहरूको सहयोग

थाइल्यान्ड(जस)–थाइ नेपाली संघ, केन्द्रीय उपाध्यक्ष ड्याङ् लिम्बू को प्रमुखता मा केन्द्रीय महासचिव विनोद लामिछाने , बैंकक शाखा अध्यक्ष लक्ष्मण के.सि र केन्द्रीय दुख निवारण प्रमुख राम कुमार ढुंगाना हरूको अग्रतामा थाइल्यान्डमा रहनु हुने नेपाली मूलका नेपाली हरू बाट स्वच्छिक रूपमा १,००,०००भाट चन्दा उठाइ थाइल्यान्डमा भएको बाढी पिडित हरूलाइ सहयोग गर्नु भएको छ ।

३ अक्टोवर २०१९ का दिन प्रधानमन्त्रीको कार्यालयमा गई संघका केन्द्रीय समिति तथा बैंकक शाखा समितिहरू द्वारा दैवीप्रकोप समितिलाइ हस्तान्तरण गरेको छ । चन्दा दिनुहुने सम्पूर्ण दानीदाताहरू साथै यस कार्यमा साथ दिनुहुने सम्पूर्ण समिति हरूलाइ थाइ नेपाली संघ केन्द्रिय समितिबाट हार्दिक धन्यवाद दिन चाहन्छ ।