एनआरएन अभियानलाई अझ धेरै उचाइमा लैजाने सार्मथ्य छ – मन केसी, उपाध्यक्षका उम्मेदवार

 

(जस) विगत २३ वर्षदेखि अस्ट्रेलियाको नेपाली समुदायमा अभियन्ताका रूपमा चिनिएका मन केसीले गैरआवासीय नेपाली संघ(एनआरएनए) को आगामी कार्यकालका लागि आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।केसी एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता, कुशल व्यवसायीका रूपमा पनि चिनिन्छन् । यसअघि एनआरएनए आइसिसीको प्रवक्ता समेत भैसकेका मन केसी स्थापनादेखि अहिलेसम्म आइपुग्दाको अनुभवलाई संगालेर आसन्न निर्वाचनमा संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।मुलुकमा लगानी, सम्मानित वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएनए नागरिकता, आधारभूत योजना तर्जुमा गरी सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर केसीले यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । एनआरएन अभियानलाई अझ धेरै उचाईमा लैजानका लागि सार्मथ्य रहेको उनको भनाई छ । एनआरएन अभियान र भावी योजनाका बारेमा जनसवाल डटकमले गरेको कुराकानी

एनआरएन अभियानमा तपाईले उपाध्यक्षको उम्मेद्धवारी घोषणा गर्नुभएको छ, तपाईलाई किन ल्याउने नेतृत्वमा ?

गैरआवासीय नेपाली संघ यो अभियानमा शुरुका दिनदेखि नै म संलग्न भएर आजको दिनसम्म ल्याउनुमा मेरो पनि योगदान छ भन्ने मलाई लाग्छ । सबै पुराना नयाँ अभियान्ताहरुले नजिकबाट देख्नु भएको छ । अष्ट्रेलियाको हकमा भन्नुपर्दा म २००५ मा यो संस्थालाई संयोजन गर्दाको तदर्थ समितिदेखि लिएर संस्थापक अध्यक्षको काम गरेर त्यसपछि ओसियाना क्षेत्रिय संयोजक भएर पनि काम गरिसके । २०१२ मा हामीले सिड्नीमा क्षेत्रीय सम्मेलन पनि गरेका थियौं । त्यसमा साथीहरु सबैको सहयोगमा मैले संयोजकको भुमिका मैले नै खेलेको थिए । त्यसैगरी २०१३–१५ मा मैले गैरआवासीय संघको अन्तर्राष्ट्रिय प्रवक्ता भएर पनि काम गरे । त्यो पनि निकै सफल भएको थियो । त्यसपछि आइसीसी सल्लाहकार अनररी काउन्सिल हुँदै आएको छु । भन्न खोजेको के हो भने यो संस्थाको शुरुवातदेखि आजको दिनसम्ममा मेरो सँधै नै संलग्नता भैरहेको छ । सबै एनआरएन अगुवा तथा नयाँपुराना साथीभाईहरुबाट नेतृत्व वा पदमा नगई बाहिर बसेर मात्र काम साइड लाग्दा खेरी संस्थाले यस्तो खालको मान्छे गुमाउनु भनेको संस्थाको लागि पनि राम्रो होइन भन्ने सुझाव तथा सल्लाह अनुसार मलाई पनि यो अभियानमा लाग्नुपर्छ भन्ने इनर्जी भइरहेको र गर्नुपर्ने काम धेरै बाँकी छन भन्ने लागेको त्यो अनुरुप नै म अगाडि बढ्न लागेको हो ।

तपाईले आगामी नेतृत्वका लागि उपाध्यक्ष पद नै किन रोज्नु भयो ?

एनआरएनको विश्व सम्मेलन मार्फत आगामी कार्यकालका लागि आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । मैले भने मेरो मात्र इच्छाले होइन सबैको सल्लाह अनुसार सो पदमा जान लागेको हो । अहिले एनआरएनले पारित गरेको भिजन २०२० मा धेरै अटाउने कुराहरु छन् । सुरक्षित वैदेशिक रोजगार, शिक्षाको गुणस्तरीयता, संस्थालाई संस्थागत गर्ने, दुरगामी भिजन, दोस्रो पुस्तालाई इम्पावर गर्ने विषय, महिलाहरुको सहभागितालाई बढाउने विषय पटक पटक उठ्ने मुद्धा हुन् । ति सबै एजेण्डालाई भिजन २०२० भित्र समेटिएका छन् । त्यो फेरी रातारात आएका होइनन् ।

स्थापनाकालदेखि नै हाम्रा सबै अभियान्ताहरुले गरेको लगानी र मेहेनतबाट एनआरएनलाई नयाँ उचाईमा पु¥याउने काम भएको छ । अध्यक्ष एकजनाले मात्रै सबै नभ्याउने हुनाले उपाध्यक्षले पनि लिड गर्ने विषय भिजन २०२० आउँदाताका नै यसको सुत्राधार पूर्वअध्यक्ष शेष घले लगायतले धेरैको भावना समावेश भएकोले अध्यक्षमुखी संस्था बन्नेछैन । सबै काम एकजनामा थुपारेपछि काम प्रभावकारीढङ्गले हुनुपथ्र्यो त्यो हुन नपाउने हुन्छ बेलाबखतमा त्यसले गर्दा त्यसलाई विकेन्द्रिकृत गर्ने र लिडरसिपका विभिन्न लेभलका हाइरार्कीहरुलाई इम्पावर गर्ने मोडल हो, त्यही मोडल अनुसार नै मैले उपाध्यक्षमा लड्ने इच्छा जाहेर गरेको हो ।

एनआरएन अभियान चलेको धेरै बर्ष भयो, तपाईहरु एकअर्कामा एकतावद्ध त हुनुभयो तर नेपाल र नेपालीले के पाए त ?

म एनआरएन अभियानले ल्याएको परिवर्तनबाट एकदम पोजिटिभ छु । २००५ को दोश्रो विश्व सम्मेलनमा मैले केही व्यक्तित्वहरु भेटेको थिए काठमाण्डुमा । म नेपाल नआएको २८ वर्ष भयो म फलानो युनिभर्सिटीको प्रोफेसर छु भन्नुहुन्थ्यो वहाँहरुले । त्यस्ता खाले एकदमै हाइटमा पुगेका, संभावना बोकेका व्यक्तिहरुलाई नेपालले गुमाइरहेको स्थिति थियो । ति व्यक्तित्वहरुलाई एउटा सुत्रमा बाँधेर नेपालमा फर्काउने एउटा फर्मल मेकानिज्म हामीसँग थिएन । यही अभियानले त्यसलाई एउटा मालाको रुपमा गाँस्यो, एउटा पोजिटिभ मुभमेन्टको रुपमा बिकास भयो । । हामीले सुरुमै राखेका ३–४ वटा एजेण्डाहरु हाम्रो गोलमा थिए । त्यसमा सम्पुर्ण नेपाली डायस्पोरालाई एउटा सुत्रमा जोड्ने जसबाट एउटा फोर्स क्रिएट गर्ने थियो, जुन आज प्रमाणित भइसकेको छ ।नेपाल, नेपाली र आफुबिचमा पनि त्यसलाई पोजिटिभ ढंगबाट प्रयोग गर्न सकिने थियो । त्यसबाट ननकर्मसियल फिलानथ्रोपीका कुराहरु जन्मिए, कमर्शियल भेन्चरहरु जन्मिए । नेपालमा थुप्रै लगानीहरु भित्रिए । चर्चामा वा मिडियामा नआएका माइक्रोदेखि मिडियम लगानीहरु त्यही अभियानले जन्म दिएका कुराहरु हुन् । त्यतिकै ठुलो परिमाणमा नेपालमा अर्थको फ्लो पनि भएको छ । अर्को भनेको बौद्धिक, नलेज ट्रान्सफरका कुरा जुन ११४ वटा देशहरुमा हाम्रो नेपाली डायस्पोरा पुगेको छ । एनआरएनले सुरुमा राखेको एजेण्डा थियो त्यो प्राप्त भएको छ । नेपालका लागि नेपाली भन्ने अभियानहरु, भुकम्पका बेला सारा एनआरएन डायस्पोरा नेटवर्क फिल्डमा उत्रिएका कुराहरु भए, बाढी पहिरो लगायतमा जुट्ने र सहयोग गर्ने कुराहरु यही अभियानले ल्याएको बिकास हो । त्यसकारणले म यसमा एकदम सन्तुष्ट छु ।

तर, एनआरएनहरुले सोचेजस्तो काम गर्न सकेनन् भन्ने आरोप पनी छनि के भन्नुहुन्छ ?

त्यसलाई म दुईटा पाटोबाट हेर्छु । एउटा भनेको यदि कुनै पनि कुरामा चाहे त्यो व्यक्तिगत होस, परिवारमा होस, समाज होस वा बिजनेसमा पुर्ण रुपमा सन्तुष्ट भइयो भने प्रगति गर्ने ठाउँ रहदैन । त्यसैले पुर्णरुपमा हामीले गरेको जे छ त्यो ठिक छ, पर्याप्त छ, सुधार गर्ने ठाउँ छैन त म अवश्य भन्दिन । सुधार्नु पर्ने ठाउँहरु थुप्रै छन् तर त्यसलाई अर्को पाटोबाट हेर्दाखेरी मैले अघि भनेका कुराहरुलाई मेजरिङ टुल बनाएर मेजरमेन्ट ग¥यो भने नेपाल र नेपालीलाई यसले कल्पना गर्नै नसकिने डेलिभरी दिएको छ यसमा दुई मत छैन । म आफै थुप्रै देशहरु गएको छु । त्यसले गर्दाखेरी यो जस्तो संस्था जुन आफैमा नाफा कमाउने संस्था होइन । यसमा कसैले कसैलाई तलब दिएर आउ भन्ने होइन, खल्तीबाट पैसा हालेर, लगानी गरेर आफुमा भएको अरुलाई बाड्दै हिड्ने संस्था हो यो । सामाजिक काम भनेको त्यस्तै हो । त्यसकारण यो संस्थाले जुन लेभलको डेलिभरी गरेको छ त्यसलाई म एकदमै राम्रो मान्छु ।

हाम्रो एनआरएन मुभमेन्टको पनि हेरक दुई वर्षमा विश्व सम्मेलन कहाँ गर्ने भनेर थुप्रै बेला डिबेटहरु नभएका होइनन् । तर नेपालमै गर्ने भनेर यो अभियानले हाम्रा पुर्वजहरुको निर्णय स्वागतयोग्य छ । कहिल्यै नेपाल नजाने मान्छे पनि सम्मेलनको लागि २ वर्षमा एकचोटी नेपाल पुग्ने भयो नि त । यसले नेपालको पर्यटन, अर्थतन्त्रमा केही न केही टेवा त पुग्छ । अर्को कुरा एनआरएन साथीहरुले पनि जति गर्न सकिन्छ त्यति बोल्ने र जति बोलिन्छ त्यति गर्ने हो । त्यो चाही हाम्रो संस्थाको लागि मात्र नभएर नेपाल, नेपाली र सारा एसियनहरुमा लागु हुने कुरा हो ।

एनआरएनको नेतृत्वमा जानका लागि घोषणापत्र त आउँछन्, तर कार्यान्वयन पक्ष त फितलो देखीन्छ नी ?

हामीले जुन घोषणाहरु गर्छौ त्यसमा नयाँ–नयाँ घोषणा थप्दै जानुभन्दा हामीले २००५ देखि अहिलेसम्म गरेका घोषणाको लामो लिस्ट बनाएर त्यसलाई फलोअप गर्ने, पुरा हुन बाँकी रहेका प्रोजेक्टहरुलाई फत्ते गर्ने, त्यसको लागि संघ भित्र मेकानिज्म पनि सुरु भइसकेको छ । हामीसँग अहिले पनि ठुला प्रोजेक्टहरु फिनिसिङ मोडमा गइरहेकाछन् । जस्तै लाप्राक, कार्यालय भवन, शंखमुल पार्क लगायतका प्रोजेक्टहरुलाई ¥यापअप गर्ने त्यसलाई पछिसम्म सञ्चालन गर्नको लागि राम्रो संयन्त्र बनाउने र समयअनुसार २ वर्षको अवधिमा २–३ वटा कुरामात्रै ग¥यौ भने पनि त्यसले एउटा पोजिटिभ सन्देश जान्छ र बढि बोल्छन् कम गर्छन भन्ने आरोप हामीलाई आउँदैन ।

अन्त्यमा के भन्नुहन्छ ?

सर्वप्रथम त सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आउँदै गरेको बडादशै र शुभ दिपावलीको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक कामना गर्न चाहान्छु । हामी सम्पुर्ण गैरआवासिय नेपालीहरु संसारभरिबाट यो अक्टोबर १५ देखि १७ हुने विश्व सम्मेलनमा आउँदैछौ, देशबाहिर बस्ने सम्पुर्ण नेपालीहरु पनि सकेसम्म बढि आउनुस, सकेसम्म आफ्नो साथीभाई र विदेशीहरुलाई पनि बढी ल्याउनु, पयर्टन वर्ष २०२० लाई पनि प्रमोट हुन्छ, त्यसलाई पनि हेल्प हुन्छ । सबैलाई काठमाडौंमा भेट्ने आशा छ ।