मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदका उमेदवार शिवकुमार बरुबालका यस्ता छन् ११ बूँदे प्रतिबद्धता (प्रतिबद्धतासहित)

सोमबार, असोज १३ २०७६

काठमाडौं (जस)– गैरआवासीय नेपाली संघ(एनारएनए)का युरोप संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल (सन २०१९–२०२१) को लागि सचिव पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबर १५–१७ मा काठमाडौंमा हुन गैरहेको एन आरएनए आइसिसिको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने भएका हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एनआरएनए बेल्जियमको सन २००५मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरिरहेका छन् । एनआरएनलाई संस्थागत गर्न र संस्थालाई विधि बिधान र पद्धतिले चलाउन सचिबालयकोे महत्त्वपूर्ण भुमिका रहन्छ । सचिव पदमा बसेर त्यो जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने विश्वास साथै अनुभब पनि प्रशाशनिक काम भएकोले यो पदमा काम गर्ने इच्छा राखेको बरुवालले बताए ।

एनआरएनए अभियानमा निरन्तर सक्रिय बरुवाल नेपाल टुरिजम बोर्डको बेल्जियमका टुरिजम प्रतिनिधि पनि हुन् । युरोप सयोजकको जिम्मेवारी सम्हालेयता युरोपको २८ वटा एनसिसिहरुलाइ अझ सबल बनाउदै संस्थाको संस्थागत बिकास गर्दै नेपालमा प्रबिधि, लगानी लैजाने र पर्यटन प्रवद्र्धन गर्ने कामम बरुवालले सक्रिय भूमिका निर्वाह गरेका छन् । यस्तै उनको कार्यकालमा गत २७–२९ जुलाईमा नेपालका परराष्ट्रमन्त्री आयोजक राष्ट्र लक्जेम्बर्ग सरकार मन्त्रीको उपस्थितिमा युरोपियन बैठक आयोजना गरि युरोप क्षेत्रका एनआरएनएहरुको समस्या युरोपका एनआरएनहरुले नेपालमा गर्न सक्ने परोपकार लगानी र प्रबिधि भित्र्याउन सकिने बिषय छलफल भएको थियो भने बैठकमा युरोपभरिका पर्यटन व्यवसायी नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुलाई उपस्त्थित गराई पर्यटन प्रवद्र्धको बिषयमा छलफल गरिएको थियो । बरुवालकै नेतृत्वमा एनआरएनएको १२ औं युरोपेली बैठक सफलतापूर्वक आयोजना सम्पन्न भएको छ ।

‘मैले एनआरएनए युरोप संयोजककोे जिम्मेवारी संस्थाकोे बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गरेकोे यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार सचिव पदमा उम्मेदबारी दिने निर्ण गरेको छु’, बरुवालले भने ।्
युरोप सयोजकको हैसियतले २ वर्षे कार्यकाल सफलतापुर्बक सम्पन्न गरिसकेका उनले आगमी दिनमा एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपाली हरुको अपनत्व हुने गरि एनआरएनको नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न आफुले सचिव पदमा उम्मेद्वारी दिन लागेको उनले बताएका छन् ।
एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए संस्थाप्रति दत्तचित भईलागेका बरुवाल सन २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुँदै यो अभियानमा सहभाी भएका थिए । सन् २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, सन् २०११–२०१३ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७–२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्बाचित भै हाल युरोप सयोजक को हैसियतले एन आरएनएका बिभिन्न गतिविधिमा संलग्न छन् ।

उनी युरोप संयोजकमा निर्बाचित भैसकेपछि युरोप क्षेत्रमा एनआरएनए को संजाल बिस्तार गर्ने माल्टा, स्लोभाकिया जस्ता देशहरुमा एनआरएनको राष्ट्रिय समिति गठन गरि युरोप क्षेत्रमा २८ वटा देश मा एनआरएनए संजाल बिस्तार गर्न सफल भएका छन् । एनआरएनएको उद्दश्य अनुरुप २०१८ मा लक्जम्बर्गमा प्रथम पटक नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि नेपालमा सीप प्रबिधि र पूँजीलाई कसरी नेपाल लैजाने भन्ने बिषयमा छलफल भएको थियो भने यस वर्ष इटलीको रोममा नेपाल सरकारका कानुन तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकाल, युरोपभरिका राजदुत, पर्यटन सचिव, नेपाल भ्रमण बर्षका सयोजक सुरज बैध्य लगायत सम्पुर्ण एनआरएनएका अभियन्ताहरुको उपस्थितिमा सयौंको सङ्ख्यामा इटलीका नगरिक लाई उपस्थित गराइ नेपाल भ्रमण बर्षको प्रचार प्रसार पनि गराएक छन् ।

आफ्नो कार्यकालमा एनआरएन आइसिसिले सुरु गरेका हरेक कार्यक्रमदेखि एनआरएनको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उनले सक्रिय सहभागितामात्रै जनाएननन क्रियाशील नेतृत्वको रुपमा स्थापित समेत भए । छ । बेल्जियममा विभिन्न संघसंस्थाको संस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुँदै आफुलाई सामाजिक क्षेत्रमा स्थापित गरिसकेका उन एनआरएन र विभिन्न सामाजिक सस्थामार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरिरहेका छन् ।

आदरणीय एन आर एन अभियान का अग्रजहरु
सकर्मी मित्रहरू , सम्पुर्ण गैर आवासीय नेपाली दिदिबहिनी दाजुभाइहरु !
आगामी अक्टोबर १५-१७ मा काठमाडौं मा हुन गै रहेको एन आर एन ए को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा मैले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को सचीव पदमा उमेदवारी दिएको छु ।
२ बर्ष पहिला यहाँहरु ले मलाइ युरोप क्षेत्रको संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारी दिनु भयो यश जिम्मेवारी प्राप्त गरिसके पछि मैले एन आर एन ए को बिधान को अधिनमा रहि एन आर एन ए ले सुरु गरेका सबै प्रकारका परियोजना सफल बनाउन सकृय भुमिका निभाए ,बिश्व भरमा एन आर एनहरु ले सुरु गरेका योजना हरुमा सहकार्य गर्न सबै क्षेत्रहरूमा पुगे र युरोप क्षेत्रमा विभिन्न गतिबिधी र कार्यक्रम हरु आयोजना गरि एन आर एन ए लाई अझ बिस्तार गर्ने , सबै एन आर एन हरुलाइ सस्था मा आबद्ध गराउने र सबै एन आर एन हरुका समस्या पहिचान गरि समाधान को लागि पहल गर्ने र नेपाल को समृद्धिमा हातेमालो गर्न एन आर एन हरुलाइ उत्साहित गर्ने कार्य गर्दै आफ्नो जिम्मेवारी इमान्दारिता साथ पूरा गरे भन्ने मलाइ लागेको ले यश महाधिवेशनमा अझ थप जिम्मेवारी लिएर हाम्रा अग्रज हरुले सुरु गरेको यस एन आर एन ए को अभियानलाई सफल र सार्थक निस्कर्ष मा पुर्‍याउन मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिब पदमा आफ्नो उमेदवारी दिएको छु । सदाझै यश पटक पनि यहाँहरु साथ समर्थन र सहयोग को लागि हार्दिक अपिल गर्दछु । यहाँहरु को बिश्वाश र भरोसालाई कहिल्यै टुटन दिने छैन । जय एन आर एन !!!
मैले यश महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि निम्न अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रतिबद्धता :-
१. एन आर एन ए को संजाल लाई थप देशहरुमा बिस्तार गर्दै एनआरएनएको पञ्जीकृत सदस्यता लिने प्रक्रियालाई सहज बनाई धेरै भन्दा धेरै पञ्जीकृत सदस्य बनाउने ।

२. एनआरएनएलाई सबै डायस्पोरामा छरिएर रहेका नेपालीहरुको अपनत्व हुने साझा संस्था र सबैको पहुँच तथा प्रतिनिधित्व हुने गरि अगाडि बढाउने ।

३. हालसम्म देशको अर्थतन्त्र लाई धानेको वैदेशिक रोजगारी लाई थप मर्यादित , जोखिम मुक्त बनाउन पहल गर्ने वैदेशिक रोजगारी बाट गएको रेमिटेन्स लाई उत्पादन मुलक ठाउमा लगानी गर्ने बाताबरण बनाउने ।

४. हाल रहेको एनआरएनएको वैदेशिक श्रमीक कल्याणकारी कोषलाई बृद्धि गर्ने र वैदेशिक रोजगारीमा आएका सबै एनआरएनएले समस्या परेको बेलामा यो कोश लाई सहज तरिकाले उपयोग गर्न सक्ने बनाउने ।

५. एक पटकको नेपाली सधैको नेपाली हुन पाउनु पर्दछ भन्ने मुद्धालाई जोडदार रुपमा उठाउँदै हाललाई नेपालको संविधानमा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई सहज तरिकाले हाम्रा पुस्ता, पछिका भावी सन्ततीले पनि प्राप्त गर्ने खालको ऐन बनाउन नेपाल सरकासँग माग गर्दै आवश्यक पहल गर्ने ।

६. एनआरएनएको काठमाडौंमा रहेको सचिवालयलाई थप ब्यवस्थित गरि सबै एनआरएनहरुको सूचनाको केन्द्रको रुपमा विकास गर्ने, नेपाल पुग्दा सबैको सम्पर्क कार्यालयको अनूभूति हुने गरि विकास गर्ने ।

७. नेपाल राष्ट्रको सम्मृद्धिको आधार पर्यटनलाई प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार गर्न पर्यटन प्रबद्र्धनलाई अभियानको रुपमा सबै देशहरुमा लैजाने ।

८. हामीले विदेशमा मिहेनत गरेर आर्जन गरेको ससानो पूँजीलाई एकीकृत गरि संयुक्त रुपमा नेपाल सरकारसँग सहकार्य गरि नाफामूलक योजनाहरुमा लगानी गर्ने र गरिएको लगानी बाट अएको मुनाफा सजीलै चाहेको बेला ल्याउन सक्ने एन कानुन बनाउन पहल गर्ने ।

९. विदेशमा जन्मेका युवा पुस्तालाई नेपाल सङ्ग र एनआरएनएसँग जोड्न विभिन्न प्रकारका खेलकुद र अतिरिक्त क्रियाकलप आयोजना गर्ने र छुट्टै एन आर एन खेलकुद एकेडेमी बनाउने ।

१०. खाडीलगायत मलेसियामा रहेका नेपाली श्रमीका आवाजलाई सशक्त ढंगले उठाउँदै एनआरएनएलाई नेपाली श्रमीक वर्गको हितमा केन्द्रित गराउन पहल गर्ने । साथै नेपाली श्रमीक वर्गका समस्याको पहिचान गर्दै समाधान को लागि नेपाल सरकारसँग सहकार्य गरेर समाधानमा आवश्यक पहल गर्ने ।
११ . एन आर एन ए लाई सबल सस्थागत र दिगो रुपमा बिकास गर्न भिजन २०२० एन्ड बियोण्ड को अबधारण अनुसार सस्थाको नीति कार्यक्रम र सम्रचाना तयार गर्दै लैजाने ।

प्रतिक्रिया
सम्बन्धित समाचार