सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनएको सह-कोषाध्यक्षमा लोक दाहालको उम्मेदवारी, यस्ता छन् दाहालका पाँच प्रतिवद्धता

आइतबार, असोज १२ २०७६

काठमाडौं(जस)– बेल्जियम निवासी सफल ब्यबसायी लोकप्रसाद दाहालले एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । सबल, सक्षम,विश्वासिलो, भरपर्दो र क्रियाशील संस्था बनाउने लक्ष्यसहित दाहालले उम्मेदवारी दिएका हुन्। उनी एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्।सह -कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै उनले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने बताएका छन्। नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्व र मलेसियालाई विशेष प्राथमीकतामा राख्नुपर्ने दाहालले बताए । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति गराउने देखि दुबई, कतार, साउदि , कुवेत , बहराइन , ओ मान ,मलेसियामा रहेका नेपाली कामदारहरुको हकहितका लागि एन आर एन एले अहिले नै सोच्नुपर्नेमा दाहालले जोड दिए ।’
नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने दाहालको प्रतिवद्वता रहेको छ । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायित्वका रुपमा अंगिकार गर्दै ब्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने उनको लक्ष्य रहेको छ।


प्रवासमा रहेका नेपालीहरुमा लोक प्रिय दाहालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै उनले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्यायी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखा प्रणालीको विकास गर्ने बताएका छन । दाहालले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ९ औं अधिवेशनमा सहभागि भई मतदान गर्नको लागि सबैलाई आह्वान गरेका छन ।

बेल्जियममा ब्यबसाय गर्दै आएका दाहालले नेपालमा परोपकारी कामहरुमा निरन्तरता दिइरहेका छन्। उनकै पहलमा ७२ लाख रुपैयाँ भन्दा बढी लगानीमा धादिङमा बद्री विशाल माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको थियो। भूकम्पपछि बिभिन्न जिल्लाहरुमा पुगेर दाहालले उद्धार तथा पीडितहरुलाई सहयोग समेत गरेका थिए।
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन । धादिङको बुढाथुममा जन्मिएका लोक प्रसाद दाहाल अहिले सामाजिक काममा पनि व्यस्त रहेका छन । दाहालले नेपालमा स्वास्थ्य क्षेत्र, शिक्षा र पुनःनिर्माणको काममा महत्वपूर्ण भुमिका निभाउदैँ आएका छन ।

यस्ता छन् दाहालका पाँच प्रतिवद्धता

१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने
४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै ब्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने

प्रतिक्रिया
सम्बन्धित समाचार