सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ(गोविन्द)द्धारा उम्मेदवारी घोषणा

आइतबार, असोज १२ २०७६

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजकमा रोविन्द श्रेष्ठ (गोविन्द ) ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकमा पूर्व सहसंयोजकसमेत रहेका श्रेष्ठले आगामी कार्यकालको लागि संयोजक (आरसी)पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनलाई संस्थागत गर्न र एसियाभित्र रहेका गैर आवासीय नेपालीका समस्या समाधानको लागि पहलकदमी नै आफ्नो प्रमुख एजेण्डाका रुपमा तय गरेका श्रेष्ठले एसिया प्याशिफिकका देश दौडाहा सकाएर उम्मेदवारी घोषणा गरेका हुन् ।
यस अघि क्षेत्रीय उपसंयोजकको जिम्मेवारी निभाइसकेका श्रेष्ठ अघिल्लो कार्यकालमा झिनो मतान्तरले संयोजक पदमा पराजित भएका थिए । जापानमा सफल नेपाली व्यवसायी र सामाजिक अभियन्ताको परिचय बनाउन सफल श्रेष्ठ एनआरएन अभियानमा लामो समयदेखि सक्रिय छन । पदमा रहदा होस या नरहदा निरन्तर एनआरएनका क्रियाकलापमा सक्रिय श्रेष्ठले एनआरएन भवन, लाप्राक नमुनावस्ती निर्माण, वाराका हावाहुरी पीडितलगायतमा संघको प्रतिनिधित्व गर्दै तथा व्यक्तिगतरुपमा ठुलो सक्रियता र सहायता प्रदान गरेका थिए । जापानका अलवा नेपालमा पनि विभिन्न व्यवसायको क्षेत्रमा हात हालेका श्रेष्ठ एनआरएन अभियान विशुद्ध सामाजिक अभियान रहेको र गैरआवासीय नेपालीहरुसँग देशले पनि धेरै अपेक्षा गरेको भन्दै उक्त जिम्मेवारी निभाउन तत्पर भएर नै नेतृत्वका लागि आफु अघि बढेको बताए ।
‘हामीले स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्राएर मुलुक समृद्ध बनाउने अभियान गरिरहेका छौ, यसलाई अझ व्यापक र बृहत बनाउन आवश्यक छ त्यसका लागि संस्थागतरुपमा उपयुक्त जिम्मेवारी निर्वाह गर्ने मेरो अठोट हो’ श्रेष्ठले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै भने –‘एनआरएन अभियानमा मैले पु¥याएको योगदान सबै साथीहरु सामू छर्लङग नै छ, यहाँहरुको सल्लाह, सुझाव तथा साथ सहयोगले अझ धेरै योगदान पु¥याउने अवसर पाउनेछु भन्नेमा म आशावादी छु ।’ श्रेष्ठलाई दक्षिण कोरियाबाट पूर्व उपसंयोजक विनोद कुवँरलगायत एसिया प्यासिफिक क्षेत्रका अधिकांश एनआरएनए एनसीसीबाट समर्थन रहेको छ ।
एसियाभित्र सबैभन्दा बढी गैरआवासीय नेपाली रहेको मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको हकहित र समस्या समाधानमा आफू केन्द्रित हुने श्रेष्ठले बताएका छन् । विशेष गरि वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्नु नै एनआरएनएको अहिलेको मुख्य दायित्व रहेको भन्दै श्रेष्ठले संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने योग्य ब्यक्ति आवश्यक भएकोले आफुले उम्मेदवारी दिएको उनले बताए । विगतदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका श्रेष्ठले एसिया क्षेत्रभित्र जेलमा रहेका नेपालीको अवस्था बुझेर स्वदेश फिर्ता पठाउन पहल गर्ने, श्रमिकको सवालमा सशक्त आवाज उठाउने, नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई सफल बनाउन सघाउने, आइसिसीले अख्तियार गर्ने हरेक नीति तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्नेलगायतका आफना एजेन्डा रहेको बताए । श्रेष्ठले आफ्नो घोषणापत्र नै बनाएर नै निर्वाचनमा होमिएका छन् ।
श्रेष्ठ बिगत लामो समयदेखि जापानमा आफ्नो कर्मथलो गराउँदै एनआरएनए अभियानमा संलग्न रहँदै आएका छन् । श्रेष्ठले विदेशमा रहेर सबै नेपालीलाइ जोड्ने साझा संस्था एनआरएनए भएको कारण यसमा निरन्तर सत्रmिय भएको बताउँछन् । ‘जापानको नागोयाको क्षत्रीय कमिटी गठन गर्दै केन्द्रिय समिती हुदै एनआरएनए एसिया प्यासिफिक उपसंयोजक सम्म सक्रिय रहि नेपाल तथा जापानमा नेपालीको समस्यामा हरेक बखत आफुलाई सक्रिय पार्दै आइरहेको छु । यो अभियानमा लागे देखिनै यहाँहरुको माया सदभाब अग्रजहरुको साथ सहयोगले गर्दा आज सम्म निरन्तर लाग्ने जुन उर्जा शक्ति मिलेको छ आशा छ त्यो भविष्यमा पनि मिल्नेछ । म गत कार्यकालमा एसियाको संयोजकको लागि झिनो मतले पराजित भए पश्चात, यो अभियानमा सांगठानिक रुपमा आधिकारिक जिम्मेबारी नभएपछि अलि सुस्ताएको महशुस हुनु स्वभाबिक हो, तर मलाइ लाग्छ यो अभियान हो यो निरन्तर चलिरहन्छ यसलाई हार जितले खास फरक पार्दैन, म पदमा रहे पनि नरहँदा त्यसले मलाइ खास असर गरेको जस्तो ब्यक्तिगतरुपमा महशुस गरेको छैन, चाहे बारामा बाढी हावाहुरी आउदा होस, चाहे एनआरएनए भवन निर्माण कार्य सक्रियता होस् अथवा बस्ती निर्माणमा होस् म निरन्तर जोडिइरहेको छु’, श्रेष्ठले बताए ।


श्रेष्ठले आफुलाई सक्रिय गराईरहेको जानकारी सबैलाई गराउँदै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा लागिरहेको र लागिरहने उनले बताए । श्रेष्ठले सक्रिय सामाजिक अभियानमा लागोस भन्ने चाहने शुभचिन्तकहरुकै कारण आफु अहिलेसम्म एनआरएनए अभियानमा सत्रmिय रहेको बताए । ‘एउटा छोटो यात्री बनेर जोडिएको होइन, अन्तसम्म पुग्नको लागि पूर्ण यात्रीको रुपमा जोडिएको हँु, तसर्थ मलाई यो अभियानमा यहाँहरुको साथ सहयोग र अपार मायाको निरन्तर खाँचो छ । मेरा अग्रजहरु, मेरा शुभचिन्तकहरु सबैको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र अझ क्रियाशील गराउने प्रणसहित आगामी एनआरएनए अधिबेशनमा आफुले एनआरएनए एसियाको संयोजकको रुपमा उभ्याउदै यहाँहरुको सल्लाह सुझाब संगै साथ सहयोग र मायाले मलाइ बिजय गराउनुहुनेछ भन्ने अपेक्षा तथा विश्वास गरेको छु । मैले एनआरएनए एसिया उपसंयोजक कुशलतापूर्बक कार्यसम्पादन गरिसकेको एउटा अनुभवसँगै चुनावी पराजयपछि पनि निरन्तर यस संस्थामा लागि थप अनुभब बटुल्ने मौका पाएको छु । तसर्थ मैले एसिया संयोजकमा कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्छु भन्ने बिश्वास लिएको छु,’ आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भनेका छन् ।
श्रेष्ठले एनआरएनए सामाजिक अभियान भएको र आफ्नो कामसंगै देश विदेशमा बिभिन्न तरवले देशको समृद्धिसंग एनआरएनएको महत्वपूर्ण भूमिका जोडिएको बताए । ‘विदेशमा होस् वा नेपालमा बिदेशिएका नेपालीहरुले यो या त्यो तरवले नेपालीलाइ नै रोजगार स्थापना गरिरहेका छन् । पछिल्लो चरणमा हाम्रै पहलमा बिभिन्न कोणबाट धेरै नेपालीलाई नेपालमानै रोजगारीको सृजना गरिएको छ । यो अभियान समाज सेवामात्र नभएर विदेशमा मात्र होइन नेपालमा पनि लगानी भित्राउनु पर्छ भन्ने मूल भावलाइ आत्मसात गर्दै काम गर्दै आइरहेको छु र भविष्यमा अझ बढाउनेसमेत जानकारी गराउँदछु । यो अभियानमा सुरुदेखि लागेदेखि हालसम्म आउदा साथ सहयोग दिनुहुने सबैमा आभारी हराद यो अभियानमा थप सक्रिय भएर लाग्न सबैकोे साथ सहयोग, सल्लाह र माया पाउनेमा बिश्वस्त रहेको छु,’ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणामा भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार