मोनाको विश्वसम्मेलन तथा महाधिबेसन अक्टोबर १,२ र ३ मा घोडेपानीमा

काठमाडौं, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितीको यही अक्टोबर १, २ र ३ मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिकाको घोडेपानीमा तेस्रो सम्पन्न हुदैछ । विश्वसम्मेलन तथा महाधिबेसनमा सहभागि हुनको लागि बिश्वका विभिन्न देशबाट मोनाको राष्ट्रिय कार्यकारी समितीका प्रतिनिधिहरु प्रतिनिधित्व गर्दै घोडेपानी पुगिसकेका छन । मोनाको विश्वसम्मेलन तथा महाधिबेसनका लागि विभिन्न देशबाट एनआरएनए पदाधिकारी समेत यहाँ आएका छन ।


हाल मोनाले बिश्वका २८ देशमा आफ्नो सङ्गठन बिस्तार गरिसकेको छ । मोनाको उक्त बिश्वसम्मेलनमा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिता र सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ । मोनाको यो सम्नेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व पनि चयन गर्दैछ । यसपटक मोनाको नेतृत्वको लागि धेरै दाबेदार रहेका छन तर सबैलाई मिलाएर सर्बसम्मतिले नै नयाँ नेतृत्व चयन गर्ने पहलमा आफुहरु लागि परेको मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले बताए । उनले यो शुद्ध सामाजिक संस्था भएकाले सकेसम्म निर्बिरोध कार्यसमिति आउदा धेरै काम गर्न सकिने पुनले बताए ।

मोनाको विश्वसम्मेलन तथा महाधिबेसनको सफलताको शुभकामना दिन र सहभागी हुन एनआरएनएका विभिन्न पदाधिकारीहरु पनि म्याग्दीको घोडेपानी जादैछन । एनआरएनए बिश्व सम्मेलनको मुखमा हुन लागेको मोनाको यस सम्मेलनलाई एनआरएनए नेतृत्वले पनि बिशेष ध्यान दिने गरेको छ । मोनाको सम्मेलनमा एनआरएनए बिश्वसम्मेलनमा भाग लिने करिब ३०० प्रतिनिधिको उपस्थिति रहने मोनाका संस्थापक महासचिव एबम एनआरएनए युरोप संयोजक शिव बरुवालले बताए । उनले मोनाको यस सम्मेलनको लागि बिश्वबाट मोनाका प्रतिनिधिहरु आएको र तिनैमध्य धेरै प्रतिनीधि एनआरएनएको पनि प्रतिनिधि भएको जनसवालसङ्ग बताए । मोनाको बिश्वसम्मेलनको तयारि पुरा भएको महासचिब मिम पुर्जाले बताए । उनले सम्पुर्ण तयारि सकिइसकेको र बिश्वका बिभिन्न देशबाट प्रतिनिधि हरु म्याग्दि आईसकेको बताए ।