सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कोरियाबाट कुँवरले एसिया प्यासिफिक सह–संयोजकमै उम्मेदवारी दिने

शनिबार, असोज ११ २०७६

काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा गर्न बाँकी केही अधुरा काम पुरा गर्नका लागि सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

एनआरएन तथा व्यक्तिगतरुपमा नेपालमा लगानी ल्याइरहेका कुँवरले आगामी कार्यकालका लागि सोही पदमा उम्मेदवारी दिएर अधुरा काम पुरा गर्ने बताएका छन् । उनले भने–‘केही अधुरा काम पुरा गर्न सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

म्याग्दीका कुँवर लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय गर्दै सामाजिक काममा सक्रिय छन् । दुई पटक एनआरएनए दक्षिण कोरियाको अध्यक्ष भइसकेका कुँवर आइसीसी सदस्य हुँदै एसिया प्यासिफिक सहसंयोजक भएर काम गरिरहेका छन् । एनआरएन बृतमा रुचाइएका कुँवरले स्वदेशमा लगानी भित्र्याउन विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइरहेका छन् ।

विगत १४ बर्षदेखि एनआरएनएमा आवद्ध रहेका कुँवरले नेपालमा पहिलो पटक ललितपुरको सन्तानेश्वरमा मोनोरेल संचालनमा ल्याउँदैछन् । दक्षिण कोरियाको लोतेरिया गु्रपलाई नेपाल ल्याउन सम्झौता गरिसकेका कुँवरले नेपालमा लगानी ल्याउनका लागि धेरै काम गरिरहेका छन् ।


स्वदेशमा नै हाइड्रोपावर पनि बनाइरहेका कुँवर प्रचारप्रसार भन्दा काममा विश्वास राख्दछन् । विदेशमा कमाएको सानो–सानो पूँजीलाई सामूहिकरुपमा ल्याउनका लागि उनले विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेका छन् । भन्छन्–‘आफ्नो मात्र होइन स्वदेशमा धेरैभन्दा धेरै लगानी आउनुपर्छ भनेर सबै नेपालीलाई समेट्दै छु ।’ एसिया प्रशान्त क्षेत्रमा रहेका नेपालीहरुले भोग्दै आएका समस्या समाधान आफ्नो मुख्य एजेण्डा हुने समेत उनले बताए ।

करिव १९ बर्षको उमेरमा दक्षिण कोरिया छिरेका कुँवर अहिले कोरियामा सफल व्यवसायी बनेका छन् । नेपाल र कोरियाबीच टे«डिङ व्यवसायको अलावा रेष्टुरेण्ट व्यवसाय गरिरहेका कुँवर रेमिट्यान्सको व्यवसायमा पनि छन् । एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीले नेपालको सबैभन्दा धेरै मायाँ गर्ने बताउने कुँवर स्वदेशमा लगानी ल्याउने मध्येका एनआरएन हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार