युरोप, ११ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप सहसंयोजक पदमा जर्मनीबाट नवराज रोस्याराले उम्मेदवारी घोषणा गरेका छन् । (एनआरएनए) जर्मनीको सदस्य देखी अध्यक्षसम्मका बिभिन्न पदहरुमा रहेर नेपाल र नेपाली समुदायको लागि काम गरिसकेका रोस्याराले आगामी कार्यकाल (२०१९–२०२१) का लगि युरोप सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएमा रहेर लामो समय काम गरिसकेका अनुभवले युरोप क्षेत्रमा छरिएर रहेका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुसँग मिलेर काम गर्न सक्ने विश्वाश पलाएकोले आसन्न निर्वाचनमा युरोप सह संयोजक पदमा आफ्नो उम्मेद्बारी दिने निर्णय गरेको रोस्याराले बताए ।
विज्ञप्ति :
गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको सदस्य देखी अध्यक्ष सम्मका बिभिन्न पदहरुमा रहेर नेपाल र नेपाली समुदायको लागि काम गरी सके पछी युरोप क्षेत्रमा छरिएर रहनु भएका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुसँग मिलेर काम गर्न सक्ने विश्वाश पलाएको छु। त्यसैले आसन्न निर्वाचनमा युरोप सह संयोजक पदमा आफ्नो उम्मेद्बारी दिने निर्णय गरेको छु।
ब्यक्तीगत रुपमा एक्लै हामीले धेरै गर्न नसकौला । तर समुहमा मिलेर हामी धेरै नै गर्न सक्छौ। समुहमै सबै सँग मिलेर उत्कृष्ट काम गरेको अनुभव पनि छ म सँग । सामाजिक कार्यहरुमा निस्पक्ष काम गरी धेरै पटक खरो उत्रि सकेको पनि छ। त्यसैले युरोप क्षेत्रका नेपाली दिदी बहिनी सँग सहकार्य गर्दै नेपाललाई बिश्वको नमुना बनाउने हामी सबैको जिम्मेबारीलाई पुरा गर्न एक संयोजन कर्ताको रुपमा यसपालीलाई युरोप सह संयोजकमा जिम्मेबारी लिएर काम गर्ने इच्छा यहाँहरु समक्ष ब्यक्त गर्न चाहन्छु। यहाँ हरुले मलाई विश्वाश गर्न हुन्छ भने आउदो १५( १७ अक्टोबर २०१९ मा काठमान्डौमा सम्पन्न हुन गइरहेको गैह्र आवासिय संघको सम्मेलनमा सहभागी भई आफ्नो अमुल्य मत दिएर जिताउनु हुनेछ भन्ने विश्वाश लिएको छु।
नब राज रोस्यारा
पुर्व अध्यक्ष
गैर अबासिय नेपाली संघ जर्मनी