काठमाडौं(जस)– एनआरएनए आइसिसीको कोषाध्यक्ष पदका लागि आफ्नो उममेदबारी घोषणा गरेका महेश कुमार श्रेष्ठले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक ग।रेका छन् । यस्तो छ महेशकुमार श्रेष्ठको प्रतिबद्धतापत्र
आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
नमस्कार
यही अक्टोवर १५ देखि १७ तारिख सम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा भाग लिन विश्वका विभिन्न देशबाट काठमाडौं आउनु हुने प्रतिनिधीहरुलाई हार्दिक स्वागत गर्दै एनआरएनए आइसीसीको कोषाध्यक्ष पदका लागि मेरो देहायअनुसारका १० वुंदे प्रतिवद्धतापत्र सार्बजनिक गर्न चाहान्छु ।
१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने छु । (उक्त कोषको स्थापना तथा सञ्चालनका लागि सवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ)
२. गैर आवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिने छ ।
३. संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ, साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने छु ।
४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरिने छ ।
५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने छ ।
६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।
७. खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने छ । युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिने छ ।
८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee, Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिने छ ।
१०. नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुका लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनुहुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि बुलन्द आवाज उठाईरहने छु ।
मेरा माथि लेखिएका प्रतिबद्धताहरू कार्यान्वयन गरी गैरआबासीय नेपाली संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं साझा संगठनको रुपमा विकास गर्दै जाने मेरो योजनालाई साकार पार्न कोषाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिइ सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।
“गैर आवासीय श्रमिक कल्याण कोष”को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’आजको आवश्यकता, मितव्ययिता र पारदर्शिता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व (Financial Sustainability) लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।
विगत १४ वर्ष अघि देखि नै गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु ।
NRNA मा मेरो योगदान:
विगत १४ वर्ष अघि देखि म गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि लगातार सक्रिय रुपमा काम गरिरहेको छु। हाल सम्ममा गैरआवासीय नेपाली संघमा मेरो आवद्धता यस प्रकार रहेको छ ।
केन्द्रीय सदस्य : NRNA ICC (2017-2019)
संयोजक : नेपालको संविधानमा एनआरएनका अधिकार सम्बन्धी समिति (२०१७-१९)
क्षेत्रीय संयोजक : एनआरएनएको विधान संसोधन तथा नियमावली निर्माण सुझाव समिति (२०१७-१९)
सदस्य : एनआरएनएको विधान संशोधन तथा निमावली निर्माण सुझाव समिति (२००७-२००९), (२०१३-२०१७)
सहसंयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१७-१९)
सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१३-२०१५-२०१७)
सदस्य : वैदेशिक लगानी समन्वय तथा अनुगमन समिति, नेपाल सरकार (२०१७-१८)
Mahesh Kumar Shrestha