आलोक यादव सिराहा असोज – सिराहाको लहान नगरपालिका वडा नम्बर .२३ गढिया स्थित ईलाका प्रहरी कार्यालय लहान सिराहाबाट खटीएको विशेष टोलीले ठाडि बाट लहान तर्फ आउदै गरेको स.९प. ४२८ न. को मोटरसाईकललाई चेकजाँच गर्दा लहान ना.पा.१ बस्ने बर्ष १९ को मोटरसाईकल चालक रामअवतार साहको साथ बाट डाईजोपाम ३३ एम्पुल, फेनार्गान ३३ एम्पुल र नोर्फिन ३३ एम्पुल लागु औषध फेलापारी निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।
पक्राउ परेका साहलाई लागु औषध(नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । ईलाका प्रहरी कार्यालय लहानले शान्ति र सुरक्षित बनाउन थ्रीएस अप्रेशन संचालन गरिरहेको छ । जसअन्तरगत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।