क्यानडा / गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९-२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक क्यानेडाबाट अभिमन्यु बस्नेतले उपसंयोजकको लागि उम्मेद्वार हुने घाेषणा गरेका छन्।
हाल अाईसिसि सदस्य बस्नेतले गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी नवौ बिश्व सम्मेलनमा अमेरिकाज् क्षेत्रिय उपसंयोजकमा उम्मेद्वारी घाेषणा गरेका हुन् । बस्नेत यसअघि एनआरएनए राष्ट्रीय समन्वय परिषद क्यानेडाबाट नेतृत्व गरिसकेका बस्नेतले संघको स्थापना कालदेखी नै यसको गतिविधिमा सक्रिय रूपमा लागी परेका व्यक्ति हुन् ।
बस्नेतले भुकम्पकाे राहत, बाढि पीडितलाई राहत हाेस् एनअाएनए लार्पाकमा बनाउदै गरेकाे लार्पाक वस्तिमा समेत श्रम दान गरेका काम गरेका छन् । एनआरएनएलाई सबै बिचार, जात, बर्ग, समुदाय सहितको समाबेशी निर्माण गर्दै देशलाई आर्थिक उन्नति र समृद्धितर्फ लैजाने प्रमुख उदेश्यका साथ आफ्नो उमेद्वारि आयको बस्नेतले बताउछन् ।अमेरिकाज् क्षेत्रमा अासिसि नेतृत्व जसरिपनि एनअारएनए नेतृत्वमा ल्याउन लागि परिरहेकाे बताए । सिंगाे अमेरिकाज् क्षेत्रमा समस्यालाई लड्ने एनअाएनए सबल नेतृत्व ल्याउन लागि पर्ने उनले बताए । केही दिनभित्र नै अाफ्नाे घाेषणापत्रका साथ अमेरिकाज् क्षेत्रमा सबै माझ जाने बताए ।