• मंगलबार, चैत्र ६ २०८०

बढेको शुल्क रोजगारदाताकै दायित्व


  • जनसवाल
  • बिहिबार, असोज २ २०७६
6K
SHARES

काठमाडौं : नेपालस्थित मलेसियाली दूतावासले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण वापतको लागत व्यहोर्ने दायित्व मलेसियाली रोजगारदाताको भएको बताएको छ । मलेसियाको रोजगारी खुला भएसँगै नेपाली कामदारको स्वास्थ्य परीक्षण वापतको रकम बढेको समाचार सार्वजनिक भइरहेको बेला मलेसियाली दूतावासले उक्त लागत शुरुमा रोजगारीमा जाने कामदारले खर्च गरेपनि मलेसिया पुगेपछि उक्त खर्च रोजगारदाताले कामदारको पहिलो महिनाको तलवमा गाभेर भुक्तानी दिने बताएको छ ।

दूतावासद्वारा बुधबार जारी सूचनामा नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको कामदार आदान प्रदान तथा फिर्ता सम्बन्धि समझदारी अनुसार स्वास्थ्य परीक्षण वापतको शुल्क तिर्नुपर्ने दायित्व रोजगारदाताको हुने उल्लेख छ । दूतावासले कामदारको स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय, वायोमेडिकल सर्भिस चार्ज २ हजार ८ सय र वायोमेडिकल सर्भिस चार्जको भ्याट ३ सय ६४ गरी कुल लागत ७ हजार ६ सय ६४ रुपैयाँ हुने जनाएको छ । रकम बढेपनि त्यसको भुक्तानी रोजगारदाता कम्पनीले नै गर्ने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा