सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए सचिवमा गौरी जोशीको औपचारिक उम्मेदवारी घोषणा

सोमबार, भाद्र ३० २०७६

न्यूयोर्क, गैर आवसीय नेपाली संघ (एनआरएनए) को आइसिसी सचिवमा अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी राज जोशीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनका लागि जोशीले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । जोशीले अमेरिकाज् क्षेत्रीय संयोजकको भूमिकामा रहँदा उत्कृष्ठ कार्य गर्न सफल भएको र कार्यकाल निकै सुखद रहेको भन्दै आइसिसी सचिवमा उम्मेदवारी दिने निर्णयअनुसार घोषणा गरिएको बताउनुभयो । जोशीले आफनो क्षमता, कार्यदक्षता तथा अनुभवलाई आगामी दिनमा ग्लोबलभरि पुर्याउने योजनाका साथ सचिवमा उम्मेदवारी दिन लागेको समेत बताउनुभयो । जोशीले उम्मेदवारी घोषणा गर्दै आफनो प्रमुख एजेन्डा एनआरएनएको भिजन २०२० एन्ड वियोण्डको कार्यान्वयन हुने बताउनुभयो । यसअघि तत्कालीत अध्यक्ष शेष घलेको पालामा पारित भएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लग्नु नै अबको मुख्य एजेन्डा रहेको जोशीले बताउनुभयो ।

एनआरएनएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डमा गैर आवासीय नेपालीका हक हितदेखि सबै विषयवस्तुलाई समेटीएको बताउनुभयो । मध्य पूर्व मलेसिया लगायतमा कार्यरत नेपाली श्रमीक वर्गको लागि कल्याणकारी कोष खडा गर्ने देखि विदेशमा रहेर नेपालीले सिकेको ज्ञान र सिपलाई स्वदेशमा हस्तान्तरण र लगानीलगायतका विषयवस्तुलाई आगामी दिनमा कार्यान्वयनमा लग्ने जोशीले बताउनुभयो । जोशीले बिहीबार मात्र संस्थालाई १ करोड सहयोग उपलब्ध गराउनुभएको छ । संस्था चलाउन समस्या भएपछि एनआरएनए अध्यक्ष भवन भट्टको आग्रहलाई स्वीकार गर्दै संस्थालाई अगाडि बढाउनको लागि १ करोड सहयोग उपलब्ध गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार