गैर आवासीय नेपाली संघ युरोप क्षेत्रिय संयोजकमा नेदरल्याण्ड्सबाट नारायण आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको २०११ -२०१३ का अध्यक्ष भैसकेका आचार्य हाल अन्तरराष्टिय समन्वय परिषदका सदस्य छन ।
नेपालको राजनैतिक जिवनबाट निखारिएका आचार्य ब्याबस्थपन् शंकाय अन्तर्गत नेपाल कै ठुलो क्याम्पस शंकरदेव काठमाडौं को २०५५ – २०५७ का स्ववियुसभापति भै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य एवं समन्वय बिभाग का प्रमुख भै काम गरिसकेका आचार्य शान्त र सौम्य स्भावका सामाजिक व्यक्तित्वको रुपमा युरोपेली नेपालि डायस्पोरामा स्थापित भएका छन् । नेदरल्यान्डस् मा ब्याबसाय गरेर बसेका आचार्य लाई गैर आबासिय नेपाली संघ भित्र सवैलाई मिलायर लान सक्ने र ब्यबस्थित समन्वय गर्न सक्ने असल ब्यक्ती को रुपमा सबैले चिन्दछन ।
गैर आवासीय नेपाली नागरिकताको विषमा सरकारले ल्याएको विधेयक आँफैमा पुरा नभएको र यसलाई पुर्णता दिनको लागि उच्च स्तरिय राजनैतिक लवि आवश्यक हुने भएका कारण युरोपेली डायस्पोरामा आर्चायलाई एउटा संभावनका रुपमा हेरिन थालिएको छ ।
युरोपेली मुलुकमा रहेका सवै राष्टिय समन्वय समितिहरुको घनिभुत समन्वय बनाई नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपाल को कुनै एक जिल्लामा पाइलट परियोजनाको सुरु गर्ने कार्ययोजना आचार्य ले अगाडि सारेका छन् ।
कम्तिमा पन्ध्र हजार भन्दा बढि नेपाली भएका पोर्चुगल लगायतका देशमा नेपाली दुताबास को स्थापना का लागि पहल गर्ने तथा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विषेश कार्यक्रम सहित अगाडि बढ्ने एवं वेलायतका भुपु गोर्खाका आवाज हरुलाई समेत वुलन्द गर्ने लक्ष्य सहित आचार्य ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएन अभियानमा केहि योगदान दिने आफ्नो पनि लक्ष्य रहेको आचार्यले वताय।
आचार्यलाई युरोप क्षेत्रका धेरै देशका एन आर एन एनसिसिहरु तथा एनपिसिसि अध्यक्षहरु लगायत बिभिन्न राजनैतीक संघ संस्था हरु तथा प्राय सवै एनआरएन अभियन्ताहरुको पनि समर्थन रहेको बताईन्छ।
यसै विच आचार्यले सवै अग्रज, समकक्षि एवं सवै वर्ग क्षेत्र र समुदायका ब्याक्तित्यो हरु संग आँफुलाई सहयोग गर्नको लागि अनुरोध गरेका छन् ।