गैर आबासीय नेपाली संघ नेदरल्यान्डको आठौ अधिबेसनबाट म्याग्दीका एक यूवा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । गत सेप्टेम्बर ८ मा सम्पन्न भएको अधिवेशनबाट मंगला गाउँपालिका ३ बरंजा स्थायी घरभई नेदरल्याण्डमा ब्यवसायसँगै सामाजिक कार्यमा सक्रिय मिम पूर्जा निर्विरोध चयन भएको मोना नेदरल्याण्डका महासचिव जनक बानियाँले बताए ।
उनका अनुसार एनआरएनएमा शसक्त भूमिकासँगै मोनाको अभियानलाई समेत सहज हुने उनले बताए । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका महासचिव समेत रहेका पूर्जा अध्यक्षका दावेदार भएपनि सहमति र सहकार्यमार्फत एनआरएनएको आन्दोलनलाई शसक्त बनाउने अभियान अन्तरगत सहमतिको यात्राका लागि बरिष्ठ उपाध्यक्षमा रोजेको पूर्जाले बताए । ‘सहमतिमार्फत संस्थागत अभियानलाई बलियो बनाउन चाहन्छु,‘एनआरएनए सबै गैरआवासीय नेपालीको पहुँचमा हुनुपर्छ’ पूर्जाले भने ।