एसपी चतुर्बेदीको अर्को सफलता धमाधम नियन्त्रणमा लिदै अवैध सखुवाको काठ तस्करी

आलोक यादव
सिराहा भदौ २३ – जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी एक्सनमा उत्रिएका छन् । प्रहरीले सिराहाको कर्जन्हा नगरपालिका बाट अबैध सखुवाको काठ बरामद गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको संयुक्त गस्तिटोलीले कर्जन्हा नगरपालिका वडा नं. १ रतनपुर बस्ने फडिन्द्र पोखरेलले अबैध रुपमा संचालन गरेको सःमिलबाट बिभिन्न साईजको ६२ थान सखुवा १०० क्यूफिट काठ भएको प्रहरीले जनाएको छ । बरामद काठको ३ लाख बराबरको काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहान, सिराहामा बुझाएको प्रहरीले जनाएको छ ।
त्यस्तै भाद्र १९ गते बिहीबार इलका प्रहरी कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका वडा नं.२ बल्टिया स्थित राम बहादुर सुनुवारको घर गोठमा अबैध लुकाई छीपाई राखेको ७ फिटे २० थान सखुवा जातको फल्ती करिब एक लाख बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय मिर्चैया सिराहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरचाहाका सूचना अधिकारि तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।