एक्सनमा उत्रिए डिएसपी रिजाल ,भारतिय रुपैया सहित एक जना पक्राउ

आलोक यादव
सिराहा भदौ २३ – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका बाट भारतिय रुपैया सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ स्थित चेकजाँच गर्दा ठाडीबाट लहान तर्फ आउदै गरेको नम्बरको मोटरसाइकल चालक भगवानपुर गाउँपालिका वडा नं. ४ बस्ने ४० वर्षीय ओम प्रकाश साहको साथबाट शंकास्पद रुपमा भारतिय रुपैया २ लाख फेला परेको प्रहरीले जनाएको छ । निज ओम प्रकाश साहलाई पक्राउ गरी आन्तारिक राजश्व विभाग ईटहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।