आलोक यादव सिराहा भदौ १७ गते – समाजमा बढ्दै गएका अपराधिक घटना न्युनिकरणका लागी नेपाल प्रहरीले देशै भर लागु गरेको समुदाय– प्रहरी साझेदारी कार्यक्रमलाई सिराहा प्रहरीले तिब्रता दिएको छ । सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर.३ स्थित ग्रामिण बजारमा इलाका प्रहरी कार्यालय अर्नामा, सिराहाको आयोजनामा अर्नामा गाउँपालिकाको अध्यक्ष ठकु महतोको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुख प्र.उ. उमा प्रसाद चतुर्वेदी, अनुसन्धान निर्देशक रमेश कुमार यादव, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय अर्नामा, सिरहाको प्र.ना.नि. गणेश प्रधान र प्रहरी जनशक्ति, स्थानिय संघ संस्थाको पदाधिकारीहरु, विभिन्नप पार्टीका प्रतिनिधीहरु तथा स्थानिय मानिसहरु समेत गरी अं. ४० जनाको उपस्थितीमा “समुदाय–प्रहरी साझेदारी” अन्तरगत “अपराध रोकथाम तथा सुरक्षा सामाजिक विकृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम” मा लागु औषध सम्बन्धमा आ–आफ्नो घर परिवारले बालबालिकालाई स्वयमले निगरानी राख्नु पर्छ, डि.जे.साउण्ड सम्बन्धमा गाउँघरमा बजाउन बन्देज लगाउने, ध्वनी प्रदुशन नियन्त्रण गर्ने, आरकेस्ट्रा चलाउन नपाउने, रक्सी पसल बेलुका ०८–०० बजे बन्द गर्ने बिषयमा आ–आफ्नो धारणाहरु राखेका थिए ।