मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सप्तरीमा शिक्षाको लगानी बालुवामा पानी हाले सरह

सोमबार, भाद्र १६ २०७६

आलोक यादव
सिराहा , भदौ – सरकारले शिक्षामा बर्षेनी अर्बौको लगानी गर्छन ,तर यहाँका सामुदायिक विद्यालयहरुको अवस्था दयनिय रहेका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिनका लागि सरकारले बर्षेनी अर्बौको लगानी गरेपनि सरकारी उदासिनताकै कारणले सप्तरीका अधिकांश ग्रामिण भेगका समुदायिक विद्यालयहरुको यस्तो अवस्था रहेको पाईएको छ ।यसैक्रममा सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर– ४ स्थित श्री ग्रामदेवता आधारभुत विद्यालय डाढाको अवस्था एकदमै खस्किदो रहेको पाईएको छ । सो विद्यालय वि.स.२०२४ सालमा स्थापना भएको त्यस भेगको सबैभन्दा पुरानो विद्यालय रहेपनि अहिले सो विद्यालयको अवस्था दयनिय रहेको स्थानीय अभिभावकहरुको आरोप रहेको छ । सो विद्यालय कक्षा आठ सम्म संचालनमा रहेपनि कक्षा ८ मा पढने प्रथम हुने छात्रा उमेश साहलाई अग्रेजी विषयको किताव नै पढन आएन ,यसबाट प्रष्ट हुन्छ कि विद्यालयमा कतिको गुणस्तरीय शिक्षा प्रदान गरीरहेका छनत, यो त एउटा विद्यार्थीको उदाहरण मात्र हो ,यस विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाहरुलाई अग्रेजी विषयको किताव समेत पढन आईरहेको छैन । उक्त विद्यालयको हाजिरी रजिष्ट्रमा ५५० जना बालबालिकाहरु अध्ययनरत रहेको तथ्याङ्ग विद्यालयका प्र .अ राम नारायण मण्डलले दिए । तर कक्षामा पुग्दा कक्षा ८ मा ५१ जना छात्रछात्रामध्ये १४ जना उपस्थिति रहेको थियो ,भने कक्षा ७ मा ४९ जनामध्ये १९ जना छात्रछात्राहरुको उपस्थिति रहेको पाईयो ।

यस्तै कक्षा ६ मा ६४ जना मध्ये २६ जना र कक्षा ५ मा ६७ जनामध्ये १६ जना छात्रछात्राहरुको उपस्थिति रहेको भेटियो ,बाँकी विद्यार्थीहरु कहाँ छन त भन्ने बारेमा विद्यालयका प्र.अ मण्डलले आफै अनविज्ञता ब्यक्त गर्दै उनले भने ,अहिले खेतिको सिजन भएकाले सबै जना बालबालिकाहरु धान खेतमा रहेको बताए ।यसैक्रममा गरिएको विद्यालयको अनुगमनको क्रममा यस्तो दृश्यहरु देखियो ग्रामदेवता आधारभुत विद्यालय डाढाको । नियमित रुपमा राम्रो तरीकाबाट पढन पाठन नहुँदा सो विद्यालयमा बालबालिकाहरु नजिकैको बोर्डिङ्ग स्कुलमा गएर पठन पाठन गर्न बाध्य भएका छन ,तर घर नजिकैको सामुदायिक विद्यालयमा पठन पाठन गर्न जादैन ,स्थानीय अभिभावक बलराम साहको भनाई छ ।त्यस्तै विगत ५ वर्षदेखि विद्यालयले छात्रवृति रकम समेत वितरण गरेका छैन ,भने २०७० सालदेखि हालसम्म सामाजिक लेखा परिक्षण समेत नगरेको स्थानीय अभिभावकहरुको गुनासो रहेको छ । शिक्षा अर्थात विद्यालयलाई शान्तिको मन्दिर भनिन्छ ,तर सो विद्यालय दिन प्रतिदिन राजिनितिक अखाडाको रुपमा परिणत भईरहेका छन ,तर पनि सम्बन्धित निकाय तथा सरोकारवाला निकायहरु मौन बसेको आरोप स्थानीय अभिभावकहरुको रहेको छ ।

यस्तै उक्त विद्यालयको कक्षा ८ सम्मको अनुमति रहेपनि स्थायी स्विकृत नरहेको अवस्थामा प्राविकै शिक्षकहरुले मावि कक्षा संचालन गरीरहेकाले यस्तो शिक्षाको अवस्था खस्किएको सरोकारवालाहरुको भनाई । भौतिक पुर्वाधार अभावमा पठन पाठन प्रभावित भएपनि त्यो भन्दा ठुलो समस्या शिक्षक शिक्षिकाहरुका कारणले झन पठन पाठनमा समस्या भईरहेको विद्यालय श्रोतले जनाएको छ ।
प्रावितर्फ ३ जना अस्थायी शिक्षक र ४ जना प्राविमै राहत गरी कुल ७ जना शिक्षक शिक्षिका , ३ जना बालविकासका सहजकर्ता र एक जना कार्यालय सहयोगीकै भरमा सो विद्यालय कक्षा ८ सम्म अध्ययन अध्यापन भईरहेको विद्यार्थीहरुको जनगुनासो रहेका छन् । उक्त विद्यालयमा हालसम्म एक जना पनि निमाविको दरबनदी नरहेकाले पनि पठन पाठनमा समस्या भईरहेको विद्यालयले जनाएको छ ।यस्तै विगत डेढ वर्षदेखि विद्यालयमा अभिभावक भेला हुन नसकेका कारणले विद्यालय व्यवस्थापन समिति समेत गठन हुन नसकेको स्थानीय अभिभावकहरुको गुनासो रहेको छ । तसर्थ उक्त विद्यालयमा अविलम्व विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने ,सामाजिक लेखा परिक्षण हुनुपर्ने तथा छात्रवृति रकम वितरण गर्नुपर्ने मााँग स्थानीय अभिभावकहरुले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार