शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सरकार असफल बनेको कांग्रेसको निष्कर्ष, मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसद्वारा संशोधन प्रस्ताव दर्ता

सोमबार, भाद्र १६ २०७६

काठमाडौं (जस)– प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले वर्तमान सरकार असफल बनेको निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रतिवेदनले सरकारको असफलताले लोकतान्त्रिक व्यवस्था नै कमजोर भएको उल्लेख गरेको छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा सरकारका कारण व्यवस्थाप्रति वितृष्णा फैलिएको उल्लेख गरिएको छ । सह–महामन्त्रीय प्रकाशशरण महतले प्रस्तुत गरेको प्रतिवेदनमा हाल स्वतन्त्रता माथि नै बन्देज लगाउने कानून बनाउन खोजिएको आरोप छ । सरकारका निर्णयले संविधानको मूल्य र मान्यतालाई उल्लंघन गर्न खोजेको कांग्रेसको भनाइ छ ।
कांग्रेसको दृष्टिकोणमा सरकारका कमजोरीमा सुन तस्करी नियन्त्रण हुन नसक्नु, चिनी मूल्य, वालुवाटार जग्गा प्रकरण, वाइडबडी खरिद प्रकरण, केन्द्र, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार, परराष्ट्र सम्बन्धमा कमजोरी, र वैदेशिक लगानी घट्नुलगायत कारण सरकार कमजोर बनेको कांग्रेसले निष्कर्ष निकालेको छ । प्रतिवेदनमा अन्तर्रा्ष्ट्रिय मञ्चमा नेपालको छवी र विश्वसनीयता गुमेको उल्लेख छ । समग्रमा कांग्रेसले सरकार जनहित विपरित भएको आरोप समेत लगाएको छ । समसामयिक राजनीतिका विभिन्न क्षेत्रलाई समेटेको राजनीतिक प्रस्तावका बारेमा केन्द्रीय समितिमा छलफल जारी रहेको कांग्रेसको भनाइ छ ।
मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसद्वारा संशोधान प्रस्ताव दर्ता
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरको नेपाल मिडिया काउन्सिल विधेयकमाथि संशोधन प्रस्ताव पेश गरेको छ । काँग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ४ जना सांसदले राष्ट्रिय सभा नियमावलीको नियम १०६ बमोजिम सो प्रस्ताव पेश गरेको हुन् । सांसदहरु सरिता प्रसाई, जितेन्द्रनारायण देव, धनकुमारी खतिवाडा, अनिता देवकोटा र प्रकाश पन्तद्वारा हस्ताक्षरित संशोधन प्रस्तावमा २९ वटा बुँदा सच्याउन सुझाइएको छ ।
मिडिया विधेयकमा रहेको ‘स्वस्थ, स्वतन्त्र, मर्या्दित…बनाएको छ भन्ने वाक्याशंको सट्टा ‘स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकास, संरक्षण तथा पत्रकारितामा स्वनियमको सम्बद्र्धनका लागि एक स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिलको स्थापना गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बान्छनीय हुने काँग्रेसका ठहर छ । यस्तै ‘पच्चिस हजार रुपैंयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमा याचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न काँग्रेसले सुझाइएको छ ।
राजनीतिक भागबण्डा अन्त्य गर्न माग
नेपाली काङ्ग्रेसको भ्रातृ संङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने भागबण्डा अन्त्य गर्न माग गरेको छ । नेविसङ्घले आइतबार पछिल्लो समय राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा शिक्षा क्षेत्र आक्रान्त बनेको भन्दै भागवण्डा अन्त्य गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।
नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागवण्डामा भन्दा पनि प्रतिष्पर्धाका आधारमा हुनुपर्ने बताए । हरेक नागरिक शिक्षित भए मात्र समृद्ध मुलुक निर्माण हुने भन्दै शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रमका संयोजक एवं नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबण्डा नरोकिए नेविसङ्घ कडा सङ्घर्षमा उत्रने बताए । नेविसङ्घले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्ने, हाम्रो शिक्षा हाम्रो देश भागवण्डामुक्त शैक्षिक परिवेशलगायतका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार