आलोक यादव सिराहा भादै १५ – जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन । जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका तिन जना फरार प्रतिवादीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागरिता किर्ते मुद्दाका लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय रामलोचन यादव, ज्यान मार्ने उद्योग मुद्दाका सिराहा नगरपालिका वडा नं. १४ का ५५ वर्षीय महेन्द्रपासवान र लेनदेन बिगो मुद्दाका सिराहा नगरपालिका वडा नं. १४ का ६२ वर्षीय शिव दयाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साविक खरुक्याईहि गा.वि.स.वडा नं.३ बस्ने ४५ वर्षीय जकरु मुखियाको जाहेरीले नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादि लक्ष्मीपुर पतारी गा.पा. ५ वस्ने ५३ वर्षीय रामलोचन यादवलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटीएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुरपतार ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यसतै सिराहा नगरपालिका वडा नं.१४ बस्ने २३ वर्षीय ममता कुमारी दासको जाहेरीले ज्यान मार्ने उद्योग मुद्दाका सोही वडामा बस्ने ५४ वर्षीय महेन्द्र पासवानलाई सुखचैनाबाट प्रहरीले पक्राउ गरिएको छ त्यस्तै लेनदेन मुद्दाका फरार प्रतिवादी सिराहा नगरपालिका वडा नं. १४ का ६२ वर्षीय शिव दयाल पासवानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिराहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहा प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।