सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नम्रताको फिल्म ‘जाइरा’ को ट्रेलर सार्वजनिक

बुधबार, साउन २२ २०७६

काठमाडौं(जस)–आगामी भाद्र ६ गते प्रदर्शन हुने नम्रता श्रेष्ठको फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच जाइराको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा फिल्म बदलाको कथामा बनेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा नम्रतालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यस फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा रहेकी छन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शक नयापन दिएको देखिन्छ ।
आशुतोष राज श्रेष्ठ निर्दे्शित फिल्म ‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार