काठमाडौं– फिल्म ‘मेरो आफ्नो’ को सम्पूर्ण छायाँकन सकिएको छ । हालै पोखरामा एक गीतको छायाँकन गर्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । ३५ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्देशक राजु अधिकारीले बताए । पारिवारिक प्रेमकथाको विषयमा निर्माण भएको फिल्ममा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्य लगायतको मुख्य भूमिका रहेको छ । ओम साइभक्त मिडिया प्रालिका श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ को लेखन मौनता श्रेष्ठले गरेका हुन् ।
रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा पवन गौतमको छायाँकन, हिमाल केसीको द्धन्द, विकास चौधरीको संगीत रहेको छ । रामजी लामिछानेको साथमा कमल राई र किरणले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् । धिरजकुमार श्रेष्ठ, निलु केसी र वसन्त शर्माको संयुक्त लगानी रहेको फिल्म छिट्टै प्रदर्शनमा ल्याइने निर्माण युनिटले जानकारी दिएको छ ।