चितवन (जस)–शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ चितवनका दर्शकले मन पराएका छन् । लक्की मिडिया हाउसद्धरा चितवनमा आइतबार आयोजित विशेष शो दर्शकले ‘साइनो’ रुचाएका हुन् । उनीहरुले ‘साइनो’लाई मौलिक कथावस्तुले भरिएको फिल्मको रुपमा समेत चर्चा गरे । वरिष्ठ कलाकार तथा चलचित्रकर्मी नीर शाह, वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, साइनोकी निर्मात्री तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन चलचित्र ‘कुमारी’की नायिका चैत्यदेवी सिंह सम्मान समेत गरिएको कार्यक्रममा ‘साइनो’का कलाका नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेल लगायत सहभागी थए ।
कार्यक्रमा वरिष्ठ चलचित्रकर्मी नीर शाहले ‘साइनो’ शुद्ध नेपालीपनको भएको बताए । साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म हुँदैछ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ । निर्माण युनिट कलाकारसहित फिल्म प्रचारका लागि मोफसल टुरमा निस्किएको छ । सोही क्रममा चितवनमा ‘साइनो’को विशेष आयोजना सरिएको छ ।