सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नासर अल अलि कतारद्वारा दुई नेपाली कामदारलाई ३० हजार रियाल पुरस्कार प्रदान

बुधबार, भाद्र ११ २०७६

कतार(जस)– कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि ईन्टरप्राईजेज कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् । नासर अल अलि ईन्टरप्राईजेज आइएसओ प्राप्त कतारकै प्रतिष्ठित कमपनी हो ।
सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङ निवासी चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् । दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएका छन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भूमिमा भएजस्तो पनि नलागेको बताए । उनले आफुले प्राप्त गरेको इनाम रकम घरखर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए ।

ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले कृष्णबहादुरले नजानेको काम भनेको केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेका छन् । अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षदिक्षा प्रदान गरेका छन् भने घरको आर्थिक स्थिति पनि राम्ररी सुधारेका छन् । कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहदा आफुले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए ।
नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुहरुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्ने रहेछ भन्ने आफुहरुलाई पुर्ण विश्वास लागेको इनामका भागिदार चौधरी र गुरुङ दुवैको भनाई थियो । कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै पुरस्कार, इनामहरुबाट लाभान्वित भईसकेका छन् । कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार