काठमाडौं । पहिलो पटक मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा उपस्थित भएका छन्।उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।
१० दिन सिंगापुरमा उपचार गराएर नेपाल फर्केको १० दिनमै फेरि सिंगापुर गएका प्रधानमन्त्री ओली अझै कति समय उता रहने हुन् भन्ने यकिन छैन। त्यसैले आजको मन्त्रिपरिषद बैठकमा उनी अभौतिक रुपमा सहभागी भएका हुन्। प्रधानमन्त्री ओलीले बैठकपछि ट्विट गर्दै टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्न सकेको उल्लेख गरेका छन्। उनले प्रविधि र प्राविधिकलाई समेत धन्यवाद दिएका छन्।
