बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

सिरी ‘ए’ : युभेन्ट्सको सुखद सुरुवात

आइतबार, भाद्र ८ २०७६

काठमाडौं(एजेन्सी)–साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । शनिबार रातिदेखि सुरु भएको लिगको पहिलो खेलमा युभेन्ट्सले पार्मालाई १–० गोलले हरायो । युभेन्ट्सको कठिन जितमा रक्षक जर्जियो चियलिनीले गोल गरेका थिए । जर्जियोले २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गरेको गोलनै युभेन्ट्सका लागि निर्णायक बन्यो ।
युभेन्टसले सुरुवातमै गोल गरेपनि अन्य गोलथप्न सकेन । सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुईन र डग्लस कोस्टा लगायत स्टार खेलाडी उतारेको युभेन्ट्सले घरेलु टोली पार्मामाथि लगातार दबाब श्रृजना गरेको थियो । तर, युभेन्टसको लगातार प्रयासमा पार्माको रक्षापंक्ति बाधक बनेको थियो । सिजनको पहिलो जितसँगै युभेन्ट्सले तीन अंक जोडेको छ ।
सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको अर्को खेलमा नापोलीले फिओरेन्टिनालाई ४–३ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा नापोलीको जितमा डायर्स मर्टेन्सले ३८औं मिनेटमा गोल गरे । लोरेन्जो इनसिग्नेले पेनाल्टीमार्फत ४३औं र ६७औं मिनेटमा दुई गोल गरे । जोस कलेजोनले ५६औं मिनेटमा एक गोल गरेका थिए । घरेलु मैदानमा फिओरेन्टिनाका लागि इरिक पुल्गरले नवौं मिनेटमा सुरुवाती गोल गरेका थिए । निकोला मिलेनकोभिचले ५२औं र केभिन प्रिन्स बोयटेङले ६५औं मिनेटमा गोल गरेपनि फिओरेन्टिनाले हार टार्न सकेन । जितसँगै नापोलीले तीन अंक बनाएको छ । फिओरेन्टिनाले हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार