शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

शुक्रबार, भाद्र ६ २०७६

काठमाडौँ(जस)–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिएका छन् । बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी दिनुहँुदै डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणत्मक भन्सार महशुल दरका बारेमा छलफल भएको बताए ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सभामुखसँग विशेष समय माग गर्दै उनले जनकपुर जयनगर रेल्वे, खाद्य तथा गुण नियन्त्रण, भूकम्प पुनःनिर्माण, हुलाकी राजमार्ग एवं दुई पक्ष साझा हितका विषयमा गहन छलफल भएको सदनलाई जानकारी दिए । परराष्ट्र मन्त्रिस्तरीय दुई देशबीचको संयुक्त आयोगको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिममण्डल र भारतको तर्फबाट भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको सहभागिता रहेको मन्त्री ज्ञवालीले बताए । सदनमा पूरक प्रश्न डा मीनेन्द्र रिजाल, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले गरेका थिए । नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठक भदौ ३ र ४ गते काठमाडौँमा आयोजना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार