काठमाडौं(जस)–नेपालले माल्दिभ्ससँग खेल्दै अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको यात्रा थाल्ने भएको छ । नेपाल च्याम्पियनसिपको साविक विजेता हो । दक्षिण एसियालका ६ राष्ट्रको सहभागितामा च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म हलचोकस्थित एपिएफको मैदानमा हुनेछ ।
समूह एमा नेपाल, माल्दिभ्ससहित भुटान रहेका छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् । नेपालले असोज ३ गते माल्दिभ्ससँ खेल्नेछ । नेपालले त्यसको दुई दिन पछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ । साफका लागि अहिले ३० खेलाडी प्रशिक्षणमा रहेका छन् ।