शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मरिहालोस भन्नेहरुलाई प्रधानमन्त्रीको कडा जवाफः ‘आउँदो चुनाव टफ हुनेछ, म अहिलै मर्दिन’

बुधबार, भाद्र ४ २०७६

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले मरिहालोस भन्ने हरुलाई प्रधानमन्त्रीले आउँदो चुनावको लागि पनि तयारी भएर बस्न अनुरोध गरेका छन् ।

गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफुलाई अफै १५ वर्ष केहि नहुने बताउँदै विरोधीहरु भ्रममा नपर्न आग्रह गरेका छन् ।

सो कार्यक्रममा उनले भने ‘विरोधीहरु कति कमजोर भएछन् भने यो बाँचोस्, मुकाबिला गरुलाँ भन्नु छैन, मरिहालोस भनेछन्। मलाई त्यस्ता प्रवृत्तिहरुसँग केही भन्छु छैन। म स्वास्थ्योपचारका लागि सिंगापुर जाँदैछु। ‘

ओलीले आफू आउँदो चुनाव लड्न पनि सक्षम रहेको बताए । थप्दै उनले भने ‘आउँदो चुनाव टफ हुनेछ।

। केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’
सो कार्यक्रममा आफु भावुक हुँदै ओलीले भने, ‘एक जमानामा एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं। आउँदो चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बस्नु। मरिहालोस् भन्नेलाई धेरै निराश होलान् भनेर यो भनेको हुँ।’ उनले आफू अहिले होइन १५ वर्ष अगाडि विरामी भएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार