शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठक निष्कर्षविहिन

बुधबार, भाद्र ४ २०७६

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री भएको डेढ वर्षपछि पहिलोपटक बसेको बैठकमा संक्रमणकालीन न्याय निरूपणसम्बन्धी अल्झिएको विषय र आउँदो उपनिर्वाचनका विषयमा छलफल गर्ने भनिएपनि केवल विषय प्रवेश दिने काम भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित संघीय समाजवादी पार्टी, राजपालगायतका दलका शीर्ष नेताहरु सहभागी कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि खतरा उत्पन्न भएको महसुस भएको भन्दै सँगै लडेका शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र अरु दलका नेताहरुले पनि उपलब्धिहरु गुम्न नदिन एकताबद्ध हुने प्रतिबद्धता जनाए । अन्तमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आफू यही भदौ ५ गते फेरि सिंगापुर जान लागेको जानकारी गराएको सहभागी नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार