काठमाडौँ(जस)–गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो । बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । तयारी नपुगेको भन्दै बैठक बुधबारसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।