काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।
मंगलबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।
बैठक स्थगित भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सूचना प्राप्त भएपछि बालुवाटार पुगेका माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहिरिएका छन् ।
आजको बैठकमा पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो।
साथै बरिष्ठ नेता माधवकुमार नेपालले लिखित रूपमा फरक मत दर्ता गर्ने तयारी गरेको कुरा समेत बाहिर आएको थियो।
अर्को बैठक बुधबार (भोली) बिहान ११ बजे बस्ने बताइएको छ ।