काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिंगापुर जाने भएका छन्।
प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको हो।
यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए।