शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सरकारको नेतृत्व समझदारी अनुसार नै हुन्छ : प्रचण्ड

मंगलबार, भाद्र ३ २०७६

जनकपुरधाम(जस)–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुनेछ भने ।
‘प्रचण्ड’लेसरकारको नेतृत्व पनि समझदारी अनुसार नै चल्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि समझदारीअनुसार नै चल्नुपर्ने बताए । ‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ । यसमा कुनै दुविधा नै छैन् ।’ प्रचण्डले भने, ‘सरकार पनि ५ वर्ष जान्छ, ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’ सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागि हुन जनकपुर पुगेका प्रचण्डले सरकारको नेतृत्व समझदारी अनुसार नै हुने स्पष्ट पारेका छन् ।
अध्यक्ष प्रचण्डले जनतामा उत्साह नभएको कारण सरकारको कार्यशैली पनि अब फेरिने बताए । उनले सरकार विकासमा छिटो–छिटो अघि बढ्ने बताए । ‘सरकारको पहिलो कानुनी जटिलता थियो । त्यो सकिएको छ । अब जनताको चाहना अनुसार सरकार छिट–छिटो विकासमा अघि बढ्छ ।’ प्रचण्ले भने, ‘सरकारले पहिलो वर्ष यी सबै आधार बनाएको छ । अब सरकार अगाडि बढ्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकतामा निकै भ्रम छरिएको भएपनि त्यसलाई परास्त पारेर एकता टुंग्याउन सफल भएको बताए । अध्यक्ष प्रचण्डले एकताको विकल्प छैन् भन्दा मिडियामा अनेकन अपव्याख्या गरिएको भन्दै दुःखेसो पनि गरे । ‘पार्टी एकता गरिसकेका हौं। अब विकल्प छैन भनेको हो। मिडियामा अपब्याख्या गरियो।’ प्रचण्डले भने, ‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो। जुन गलत हो ।’ अध्यक्ष प्रचण्डले पूर्व माओवादी र पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन् भन्दै सबै पार्टी पंक्तिलाई एक हुन आग्रह गरे । कार्यक्रमको लागि सँगै पुगेका वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार