आलोक यादव ,भाद्र २ – नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरेका छन । आज धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवलाई श्रद्धाञ्जली अर्पन गर्न आएका प्रचण्डले प्रदेश २ सरकारले गरेको भ्रष्टाचार बारे उदाहरण देखाउँदै दिनानुदिन प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको टिप्पणी गरेको हो ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्दै भने ‘सुशासन कायम भएको छैन, विकासले गति लिएको छैन । भ्रष्टचार दिनानुदिन बढेको छ । तलसम्म सुशासन छैन् ।’
प्रत्येक वर्ष तराईमा आएको बाढीबाट जोगिन दिर्घकालिन र रणनीतिक योजना बनाएर समस्या समाधान गर्नु पर्ने उनले बताए । बाढीबाट तराईमा प्रत्येक वर्ष भईरहेको जनधनको क्षती रोक्न उनले चुरे संरक्षण गर्न जोड दिए । ‘चुरे वरिपरी सुक्दै गरेको जलाधार पूर्णरुपमा बचाउँनु पर्छ,’उनले भने, ‘चुरेले मात्र यहाँका जनतालाई बाढीबाट बचाउँछ ।’विगतको आन्दोलनमा यहाँको जनताले गरेको संघर्ष बारे उल्लेख गरे ।